कावासोती खानेपानी उपभोक्ता समिति नेतृत्वका लागि ७५ प्रतिशत खस्यो

आईतवार विहान सम्म मतपरिणाम आउने

59
कावासोती खानेपानी उपभोक्ता समिति नेतृत्वका लागि ७५ प्रतिशत खस्यो

कावासोती–१४ असार 
कावासोती खानेपानी तथा सरसफाई संस्थाको आठौं नेतृत्वका लागी शनिबार मतदान सम्पन्न मतदानमा ७५ प्रतिशत मत खसेको छ । कुल ६हजार ६ सय ६५ मतदाता रहेको संस्थामा जम्मा ५ हजार ४३ मत खसेको मुख्य निर्वाचन अधिकृत गणेश प्रसाद सापकोटाले जानकारी दिनुभएको छ ।
 
मतगणनाका लागि भरखरै सर्वदलिय संयत्रको बैठक सम्पन्न भएको छ । करिव राती ११ बजे देखि ३ स्थानमा मतगणना हुने तयारी भईरहेकोको छ । आईतवार विहान सम्म मत परिणाम आउने निर्वाचन श्रोतले जानकारी दिएको छ ।  
कावासोती वडा नं २ मा १ हजार ४ सय २४ मतदाता रहेकोमा १ हजार ९० मत खसेको छ । वडा नं ३ मा  २ हजार २ सय २५ रहेकोमा १ हजार ६ सय १५ मत खसेको छ । वडा नं ५ मा ५ सय ८७ मतदाता मध्ये ४ सय ६७ मत,  वडा नं ६ मा ३ सय ७६ मतदाता रहेकोमा ३ सय ९ मत खसेका छ । त्यस्तै वडा नं ८मा  १ सय ७ सय ६५ मतदाता मध्ये १ हजार ३ सय ३२ मत र वडा नं ९ मा २ सय ८८ मतदाता मध्ये  २ सय ३० मत खसेको निर्वाचन अघिकृत गणेश प्रसाद सापकोटाले जानकारी दिनुभयो । 
निर्वाचन सम्पन्न गर्न ६० जना कर्मचारी परीचालन गरीएको थियो । मतदानका लागी ३ बटा केन्द्र बनाई १२ बटा बुथबाट मतदान गरीएको थियो । आगामी नेतृत्वका लागी अध्यक्ष पदमा भीमलाल कण्डेल , शिव प्रसाद भट्टराईको उम्मेद्वारी परेको थियो । कावासोती खानेपानीका लागी लेखा समिति ३ जना सहित १४ पदका लागी मतदान भएको थियो ।   
 

 

SHARE

COMMENTS

यसमा तपाइको मत