नवलपुरमा ह्वात्तै बढ्यो आत्मा हत्या, ३ वर्षमा २ सय ९३ जनाले गरे आत्महत्या

212
नवलपुरमा ह्वात्तै बढ्यो आत्मा हत्या, ३ वर्षमा २ सय ९३ जनाले गरे आत्महत्या

 कावासोती–२, श्रावण 

नवलपुरमा आत्महत्याका घट्नाको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले बिहीबार पत्रकार सम्मेलनमा ३ वषमा २ सय ९३ जनाले आत्मा हत्या गरेका छन् । यस आर्थिक वर्षमा ९७  जनाले आत्मा हत्या गरेको तथ्याङ्क सार्वजनिक गरेको छ । प्रहरीको तथ्याङ्क अनुसार ०७३÷०७४ मा ९३ जनाले आत्मा हत्या गरेका थिए । पछिल्लो समय यसको सङ्ख्या वृद्वि भएर आर्थिक वर्ष २०७४÷०७५ मा १ सय ३ जनाले आत्मा हत्या गरेका थिए । आर्थिक बर्ष २०७५÷०७६ मा झुण्डिएर ८२ जना, बिष सेवन गरी १२ जना, हाम फालेर २ जना र डुबेर १ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक मोहन प्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

असार मसान्तसम्मको तीन बर्षका छुट्टा–छुट्टै तथ्याङ्कमा आत्महत्याको श्रृङखला बढ्दो दरमा हुनु नेपाली समाजको लागि डर लाग्दो विषय वनेको छ । नेपालको अन्य जिल्लाको तुलनामा नवलपुर अत्यधिक आत्माहत्या हुने जिल्लामा पर्छ । वैदेशिक रोजगार, बढ्दो सहरीकरण, अव्यस्थित वसाई सराई, लैंङ्गिक हिंसा, गरिवी, सामाजिक विभेद लगायत कारणले आत्माहत्या भएको विश्लेषकहरुको भनाई छ । नवलपुर जिल्ला अत्यधिक वैदेशिक रोजगारीमा जाने नेपालकै ५ जिल्ला भित्र पर्दछ । प्रहरी कार्यालय नवलपुरले  सार्वजनिक गरेको बार्षिक कार्य प्रगति बिबरण ३५ वटा फरक–फरक शिर्षकमा ४ सय ७० वटा मुद्धा दर्ता भएको त्यसमध्ये ३ सय ४१ फर्छौट भएको जनाएको छ । दर्ता भएका मध्ये १ सय २९ मुद्धा फर्छौट हुन बाँकी रहेको जनाईएको छ ।  

 

SHARE

COMMENTS

यसमा तपाइको मत