सरकार चल्नुपर्ने जस्तो चलेको छैन–मुख्यमन्त्री गुरुङ्ग

75
सरकार चल्नुपर्ने जस्तो चलेको छैन–मुख्यमन्त्री गुरुङ्ग

कावासोती–२, श्रावण
 गण्डकी प्रदेशका मुख्यमन्त्री एवम नेकपा गण्डकी प्रदेश ईन्चार्ज पृथ्वि शुब्बा गुरुङ्गले सरकार आफुले चाहे जस्तो चल्न नसकेको बताउनुभएको छ । नवलपुर क्षेत्र नम्बर २बाट निर्वाचित प्रतिनीधि सांसद तिलक महतका आमा नन्दकली महतको पाचौं दिनको तिथीमा नेकपा नवलपुरद्वारा आयोजित शोक सभामा बोल्दै मुख्यमन्त्री गुरुङ्गले सो कुरा बताउनुभएको हो । केही दिन अगाडी एक अन्तराष्ट्रिय संस्थाले गरेको अध्यायन अनुसार शुरुवात समयमा ५२ प्रतिशतले यो सरकार ठिकै छ भनेकोमा पछिल्लो समय त्यो सङ्ख्या घटेर ३६ प्रतिशतमा पुग्नु डरलाग्दो संकेत भएको उहांको भनाई छ ।
वहुमतको घमण्डले सत्तालाई वांदरको हातमा नरिवल बनाउने अवश्था आए दुर्भाग्य हुने भन्दै मुख्य मन्त्री गुरुङ्गले कम्युनिस्टहरु आत्माकेन्द्रित, हनुमानवाद, आलोचना गर्नेलाई वहिस्कार गर्ने प्रवृत्ति नसुधारेमा भारत र अन्य देशहरुमा जस्तै समाप्त भएर जाने खतरा रहेको बताउनुभयो । संघीयताको नयां अभ्यास, व्रितिस लिगेसीबाट आएको व्युरोक्रेसीतन्त्र बदल्न नसक्नु, संघीयतापछि पनि केन्द्रिकृत शैलिले जनताले यसको मर्म र भावनाको महशुस गर्न नपाएको मुख्यमन्त्री गुरुङ्गको भनाई छ ।
संघीय शासन प्रणाली खर्चिलो भयो भनेर टिप्पणी भएपछि जनताले सहज सेवा सुविधा पाएको छ । शुरुवातको समय रहेकाले सरकारको भूमिका देखाउन समय लाग्ने भएकाले वहुमतको अवसरलाई अधिकतम उपयोग गर्दै राष्ट्र निर्माणमा लाग्नुपर्ने समय आएको मुख्यमन्त्री पृथ्वि शुब्बा गुरुङ्गको भनाई थियो । अरुलाई वदल्न सिकाउने कम्युनिस्टहरु आफैं वदल्न नसक्नुले दुर्भाग्य भएको भन्दै पाटी भित्र भएका कमी कमजोरीका विरुद्व संघर्ष गर्नुपर्ने समय आएको उहांको धारणा थियो । 

SHARE

COMMENTS

यसमा तपाइको मत