नवराज सुवेदीको नेतृत्वमा कास्की नवलपरासी सम्पर्क समाज तथा विकास प्रतिष्ठान गठन

496
नवराज सुवेदीको नेतृत्वमा कास्की नवलपरासी सम्पर्क समाज तथा विकास प्रतिष्ठान गठन

कावासोती, ४ श्रावण

कास्की जिल्लाबाट बसाई सरी नवलपुरमा बस्दै आएकाहरुको साझा संस्था कास्की नवलपरासी सम्पर्क समाज तथा विकास प्रतिष्ठानको कावासोतीमा सम्पन्न भेलाले नवराज सुवेदीको अध्यक्षतामा नयां नेतृत्व चयन गरेको छ । समितिको उपाध्यक्षमा मायादेवी पौडेल, द्वित्तिय उपाध्यक्ष मोहदत्त अधिकारी, सचिव पुष्पराज बराल, सहसचिव चन्द्र प्रसाद तिवारी, कोषाध्यक्ष रामचन्द्र दाहाल, सदस्यहरुमा चन्द्र गुप्ता अधिकारी, कृष्ण प्रसाद अर्याल, जीवन ढुंगाना चयन हुनुभएको छ ।  
कास्कीबाट वसाई सरी नवलपुर आएका व्यक्तहरुको अवश्था अनुशन्धान गर्ने, विपत परेका, विपन्न परिवारहरुलाई सघाउने, विवाह, काजक्रिया, भोज, भतेरमा सहभागीता जनाउने, सामाजिक सेवा मुलक कार्यहरु गर्ने संस्थाको उद्देश्य रहेको नवनिर्वाचित अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । 
प्रतिष्ठानको कार्यवाहक अध्यक्ष नवराज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  समाजसेवी,  वयोवृद्व गिरीधारी सुवेदी प्रमुख अतिथी, कास्कीबाट कावासोतीमा बसाई सरी आएर पृथक पहिचान बनाउन सफल व्यक्तित्वहरु दुर्गादत्त भण्डारी, भोजराज दाहाल, रामचन्द्र भण्डारी, हरि वास्तोला, मुक्ति प्रसाद पौडेल, नारायण पौडेल लगायतले प्रतिष्ठानले आफ्ना मौलिक कला, संस्कृति, गोत्र, आफन्तहरुको पहिचान तथा आफ्ना जन्मथलोप्रतिको माया र सम्बन्धलाई नजिक बनाउन टेवा पुग्ने विस्वास व्यक्त गर्नुभयो । 
 
 

SHARE

COMMENTS

यसमा तपाइको मत