जुनियर तथा युवा रेडक्रस शर्कल नवलपुर समिति संयोजक केबी राना चयन

289
जुनियर तथा युवा रेडक्रस शर्कल नवलपुर समिति संयोजक केबी राना चयन

विष्णु घर्ति मगर
कावासोती, ४ श्रावण
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपुरको जुनियर तथा युवा रेडक्रस शर्कल समिति संयोजक केबी रानालाई चयन गरेको छ । शाखाको पुर्ण बैठकले बालबालिका तथा युवा क्षेत्रमा लामो अनुभव भएकाले रानालाई संयोजक चयन गरेका शाखा सभापति मदनभक्त अधिकारीले जानकारी दिनुभयो । 
संयोजक रानाा युवा रेडक्रस शर्कलको अध्यक्ष हुंदै एक दशक देखि कुशल प्रशिक्षकको रुपमा कार्य गर्दै आईरहेका राना नेपाल जेसीजका प्रशिक्षक, देवचुली जेसीजका संस्थापक अध्यक्ष, नेपाल प्रेस यूनियन केन्द्रिय सचिव, नवलपुर उद्योग संघका महासचिव, जिल्ला बाल न्याय समिति नवलपुर जिल्ला अदालतको विज्ञ सदस्य, देवचुली टेलिभिजनका अध्यक्ष तथा प्रवन्ध निर्देशक, नेपाल रेडक्रस सोसाईटी जिल्ला सदस्य लगायत विभिन्न सामाजिक संघ÷संस्थामा कृयाशिल छ ।  
मानवीय सेवामा रेडक्रस अभियानलाई बालक देखि वयश्क सम्मलाई उत्प्रेरित गर्न हरेक विद्यालय, क्याम्पसहरुमा ईकाई समिति गठन गर्ने, तालिम तथा सेमिनारहरु सञ्चालन, विद्यार्थी, शिक्षक तथा रेडक्रस अभियान्ताहरुको वृहद भेला, स्वयम सेवक ग्रुप निर्माण गर्ने संयोजक रानाले जानकारी दिनुभयो । 
बैठकले जिल्लामा रक्तसञ्चार शाखा सयोजक तीर्थ कंडेल, विपद व्यवश्थापन समितिमा पुर्ण गौडेल, महिला विकास समिति संयोजक रेखा अधिकारीलाई चयन गरेको छ ।
संयोजकहरुको प्रस्तावमा आगामी बैठकमा ती विभागीय समितिहरुको पूर्णता दिने निर्णय भएको शाखाका मन्त्री काशीराम पाठकले जानकारी दिनुभयो । कंडेल नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपुरको सह–मन्त्री, गौडेल उपाध्यक्ष, अधिकारी सदस्य तथा दुम्किवास शाखा सभापति हुनुहुन्छ ।  
 

SHARE

COMMENTS

यसमा तपाइको मत