सडकको खाल्डा पुर्ने नेविसंघको सामाजिक कार्यप्रति स्याबासी

418
सडकको खाल्डा पुर्ने नेविसंघको सामाजिक कार्यप्रति स्याबासी

कावासोती, १० श्रावण

पुर्वपश्चिम राजमार्ग र आसपासका भित्रि सडकहरुमा परेका ठुला ठुला खाल्डा । दिनभरिको झरीले पानी जमेर ती खाल्डाहरु  देखिदैन । यसका कारण नवलपुरमा दैनिक दुई दर्जन साना ठुला सवारी साधनहरु दुर्घट्नामा पर्छन । राजमार्ग सडक विभागको जिम्मा भन्दै स्थानीय सरकारको समेत त्यहां आंखा पुग्दैन । 
मोटरसाईकल, स्कुटी, साइकल र साना गाडीहरु सडकमा भएको खाल्डाले  हिडनै नसक्ने अवश्थामा छ । सवै जसोले सडक विभाग, सरकारलाई गाली गरिरहेका छन् । तर कावासोतीका केही युवा विद्यार्थीहरु त्यसो नगरि आफैं उदाहरणीय कार्य गरेर देखाएका छन् । ३ दिन देखि राजमार्ग र आसपासका सडकमा परेका खाल्डा खुल्डी पुर्ने काममा व्यस्त छन् । 
विद्यार्थीका मुद्वा र सामाजिक विकृति विरुद्व सधैजसो टायर वाल्ने, विरोध, ¥याली गर्ने जमानको रुपमा पहिचान बनाएको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ कावासोती नगर समितिका विद्यार्थीहरुले यस पटक फरक काम गरेर जनताको मन जितेका छन् । 
परिवर्तन आफैंबाट शूरुवात गर्नुपर्छ नेवि संघ कावासोती नगर समितिका नवनिर्वाचित अध्यक्ष कृष्ण कंडेलले भन्नुभयो– अरुलाई गरेन भनेर गाली गरि समय खेर फाल्नुभन्दा आफैं गर्नु वेस लाग्यो । राजमार्ग र आसपासका सडकमा हिडनै नसक्ने अवश्थामा पुग्दा पनि कसैको नजर नपुगेकाले विद्यार्थी युवाहरु मिलेर खाल्डो पुर्ने काममा लागेको कंडेलको भनाई छ । 
नेविसंघले ३ दिन देखि लगातर कावासोती नगरपालिकामा गिटी, बालुवाले सडकको खाल्डो पुर्ने कार्य गर्दै आईरहेको छ । संघले गरेको कार्यप्रति स्थानीयले खुलेर प्रंशसा गरेका छन् । जनताको ढाड सेक्ने गरि कर लिने जनताको सुरक्षाप्रति गैरजिम्मेवार सरकार र जनप्रतिनीधिका निम्ति नेविसंघको भूमिकाले दरिलो झापड दिएको छ । यसबाट पाठ सिकेर अन्य नागरिक अगुवाहरुले समेत यस खाले सकरात्मक र रचनात्मक कार्य गर्नु आवश्यक रहेको कावासोतीका स्थानीय  खगसरा गुरुङ्गको भनाई छ । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत