दोहोरो दर्ता शुल्क खारेज गर्न उद्योगी व्यवसायीको माग

432
दोहोरो दर्ता शुल्क खारेज गर्न उद्योगी व्यवसायीको माग

नवराज अधिकारी 

कावासोती, १७ श्रावण
स्थानीय तह र साना तथा घरेलु कार्यालयको भुमिका अस्पष्ट हुंदा  नवलपुरका व्यवसायीहरुले उद्योग व्यवसाय दर्ता शुल्क दोहोरो बुझाउनुपर्ने बाध्यता रहेकोले त्यसलाई तत्काल हटाउन उद्योगी व्यवसायीहरुले माग गरेका छन् । नवलपुर उद्योग संघद्वारा आयोजित साना तथा घरेलु उद्योग कार्यालय नवलपुरका अवआगन्तुक कार्यालय प्रमुख विक्रम सुवेदीलाई स्वागत तथा अन्तरकृया कार्यक्रम व्यवसायीहरुले उक्त माग गरेका हुन् । 

 
एउटै फर्म स्थानीय तह र घरेलु उद्योग कार्यालय दर्ता गर्नुपर्ने दोहोरो झमेला झेल्नुपरेकाले यो नीतिगत समस्या तत्काल समाधान गरी एकद्वार प्रणाली लागु गर्न नवलपुर उद्योग संघका महासचिव केबी रानाले आग्रह गर्नुभयो । वफर्जन क्षेत्रमा उद्योग व्यावसाय सञ्चालन गर्न सिफारिस लिन चितवन राष्ट्रिय निकुञ्ज कसरा धाउनुपर्ने, नीतिगत कठिनाई भएकाले सहज बनाउन महासचिव रानाले आग्रह गर्नुभयो । 
आन्तरिक राजस्व कार्यालय करदाता सेवा कार्यालय कावासोतीका प्रमुख अमृत अधिकारीले कतिपय स्थानीय तहहरुबाट सामान्य प्रकृया समेत नपु¥याई उद्योग व्यवासय दर्ता गरेर प्यान नम्बर लिन आउने गरेकोले यो समस्या तत्काल समाधान गर्न उद्योग व्यवसाय दर्ता एकद्वार प्रणालीको विकल्प नभएको बताउनुभयो । 
कुनै एक आधिकारिक निकायमा दर्ता भएको उद्योग व्यवसायलाई प्यान दिने भन्ने ऐनमा उल्लेख छ स्थानीय तहको दर्ता मान्ने कि नमान्ने अन्यौल भयो– अधिकृत अधिकारीले भन्नुभयो कतिपय स्थानीय तहले हचुवाका भरमा उद्योग दर्ता गरेको छ यसलाई कसरी मान्ने ? 
फर्निचर उद्योग, काष्ठ उद्योगहरु दर्ता गर्दा वातावरणीय प्रभाव मुल्याङ्कन (ईआईएं) गरि स्थानीयको समेत मुचुल्का गरेर, सम्बन्धित कार्यालयको टोलीले अध्यायन पश्चात मात्रै दर्ता दिनुपर्छ तर नवलपुरका केही स्थानीय तहहरुबाट एउटा नागरिकताको भरमा दर्ता दिएको भेटियो कर अधिकृत अधिकारीले भन्नुभयो– यसले ठूलो समस्या निम्त्याउने अवश्था छ । 
संविधानले साना तथा घरेलु उद्योग व्यवसाय दर्ता गर्न, प्रवद्र्वन गर्न हरेक स्थानीय तहमा छुट्टै शाखा रहने परिकल्पना गरेको छ । तर नवलपुरमा कुनै पनि स्थानीय तहमा यसको शाखा व्यवश्था गरिएको छैन । जिल्लामा साना तथा घरेलु उद्योग रहने कि नरहने भन्ने लामो छलफल पश्चात केही महिना अगाडी मात्रै कावासोती डण्डामा कार्यालय खुलेको थियो । 
 कार्यालय स्थापना पश्चात तत्कालिन घरेलु उद्योग कार्यालय प्रमुखले उद्योग कार्यालयको दर्ता र सिफारिस विना प्यान कार्ड नदिन करदाता कार्यालयलाई आग्रह गरेको जानकारी दिंदै करदाता सेवा कार्यालय प्रमुख अमृत अधिकारीले नीतिगत अन्यौलताका कारण सेवाग्रहीले व्यवसाय शुल्क दोहोरो वुझाउनुपर्ने बाध्याता रहेको बताउनुभयो । एउटै फर्म स्थानीय तह र घरेलु उद्योग दर्ता गर्नुपर्दा सेवाग्रहीले दुईटै कार्यालयमा शुल्क बुझाउनुपरेको यसलाई हटाउन राजनीतिक तवरबाट पहल गर्नुपर्ने उहांको भनाई छ । 
साना तथा घरेलु उद्योग कार्यालय नवलपुरका अवआगन्तुक कार्यालय प्रमुख विक्रम सुवेदीले आफु गृह जिल्लामा आएकाले जिल्लावासीको नाताले समेत यस क्षेत्रको समग्र उद्योग व्यवासाय प्रवद्र्वनमा सक्दो भुमिका खेल्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । अधिकृत सुवेदी गैंडाकोट निवासी हुनुहुन्छ ।  
 नवलपुर उद्योग संघका अध्यक्ष कृष्ण गौतमले समग्र मुलुकको विकासका लागि उद्योग व्यवसायको विकास विना असम्भव रहेकाले यसलाई प्रोत्साहन गर्न उद्योगी व्यवसायीलाई प्रोत्साहन, प्राशनिक झमेलाबाट मुक्त गर्नुपर्ने बताउनुभयो ।  
अन्तरकृया कार्यक्रममा नवलपुर उद्योग संघका उपाधयक्ष ठाकुर शर्मा, कोषाध्यक्ष टिएम पौडेल, सदस्य रत्न विक, दुर्गा भुषाल, रस्मी कंडेल, प्रकाश अधिकारी लगायतले जिल्लाका उद्योगीहरुको समस्या, सम्भावनाका वारेमा आफ्ना धारणा राख्नुभएको थियो ।  
 
 

SHARE

COMMENTS

यसमा तपाइको मत