बौंदीकालीका २१ जनाको आरडिटी परिक्षण रिपोर्ट नेगेटिभ

149
बौंदीकालीका २१ जनाको आरडिटी परिक्षण रिपोर्ट नेगेटिभ

 जेठ ५, नवलपुर । मुम्बईबाट आएका बौंदीकालीका २१ जनाको हिजो बोर्डरमै लिएको आरडिटी परिक्षण सवैको रिपोर्ट नेगेटिभ आएको छ । पिसिआर भोली सम्म गाउंमै स्वाथ्यकर्मी खटाएर परिक्षण गर्ने नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनुभएको छ ।

जिल्लामा परिक्षण किट अभावले गर्दा केही दिनमा प्राप्त भएपछि गाउंमै स्वास्थ्यकर्मी खटाएर स्वाव नमुना संकलन गरिने सिडिओ घिमिरेले जानकारी दिनुभएको छ । टोलीलाई बौंदीकालीबाट कावासोतीमा आएर बसेकानेपाल मगर संघ कावासोतीले खाना खुवाएको थियो ।

वौंदीकाली गाउंपालिकाको क्वारेनटाईनमा पठाईएको छ । उनिहरुलाई डेढगाउंमा रहेको क्वारेन्टाईनमा राखिने गाउंपालिकाका उपाध्यक्ष माया देवी श्रेष्ठले जानकारी दिनुभएको छ ।  

SHARE

COMMENTS

यसमा तपाइको मत