कर्णालीमा पहिलो पटक कोरोना संक्रमित भेटियो, सोमबार ८० जना संक्रमित भएको पुष्टी , संक्रमितको संख्या ३७५ पुग्यो

148
कर्णालीमा पहिलो पटक कोरोना संक्रमित भेटियो, सोमबार ८० जना संक्रमित भएको पुष्टी , संक्रमितको संख्या ३७५ पुग्यो

 जेष्ठ ५,  

काठमाडौँ — नेपालमा भरखरै थप १८ जनलाई कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३७५ पुगेको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं,  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगन्ज र कोसी अस्पताल विराटनगर गरिएको परीक्षणमा थप १८ जनामा संक्रमण पुष्टि भए  स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन्।
बाँकेको नरैनापुरका १२ पुरुष, धनुषाका २ पुरुष, दैलेख, सुनसरी झापा र खोटाङका एक÷एक जना रहेको सहप्रवक्ता डाक्टर अधिकारीले जानकारी दिएका  छन् । यसअघि सोमबार नै ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघि सोमबार दिउँसो नै बाँकेकझ नरैनापुरमा ४६ जना पुरुष र एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै बाँकेमा नेपालमै सबैभन्दा बढी ९३ जनामा स‌ंक्रमण पुष्टि भएको छ । सुनसरी, खोटाङ र दैलेखमा पनि पहिलो पटक संक्रमण देखिएको हो । दैलेखमा देखिएसंगै कर्णाली प्रदेशमै महिलो पटक कोरोना संक्रमण भेटिएका हुन । सोमबार एकै दिन ८० जनामा कोरोना संक्रमण देखिएका छन् । कोरोनाबाट नेपालमा २ जना मृत्यु भएका छन् ।  
update time : 11.07pm 

SHARE

COMMENTS

यसमा तपाइको मत