नवलपरासीमा फेरी १ जनामा कोरोना पुष्टि, देशभरी ४०२

1738
नवलपरासीमा फेरी १ जनामा कोरोना पुष्टि, देशभरी ४०२

जेठ ६, कावासोती। ।
देशभरी कोरोना संक्रमितको संख्या ४ सय २ पुग्दा नवलपरासीमा फेरी एकजनामा कोरोना संक्रमित देखिएका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगम नवलपरासीको १ जना सहित ४०२ संक्रमित पुगेको जानकारी दिइयो । नवलपरासीको पूर्व या पश्चिम भन्ने बिषयमा केहि बेरमा जानकारी हुनेछ ।
नवलपुरबाट नयाँ स्वाब नपठाइएको नवलपुर स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौंमै नवलपरासीको कसैले परीक्षण गरेको हुनसक्ने र त्यसका लागी आफूले सोधपुछ गरिरहेको जानकारी दिनुभयो । यस्तै पश्चिम नवलपरासीका स्वास्थ्य कार्यालय प्रमुख गौरभ ढकालले स्वास्थ्य मन्त्रालयबाट नवलपरासीमै भएको जानकारी गराएपनि आफूहरुलाई अहिले सम्म थाहा नभएको जानकारी दिनुभयो । हामीले बुझिरहेका छौं । ढकालले भन्नुभयो ।
प्रवक्ता डा. विकास देवकोटाले संक्रमित हुनेमा झापाका ९, सुनसरीका १, मोरङको १, सर्लाही २, काठमाडौं ३, भक्तपुरको १, मकवानपुरको १, रामेछापको १, ललितपुर १, सिन्धुली १, लमजुङ १, कपिलवस्तु ४ र नवलपरासीका १ गरी २७ जनामा संक्रमण देखिएको हो ।

 

SHARE

COMMENTS

यसमा तपाइको मत