नवलपरासीका थप १ जना कोरोना संक्रमित देखिदा दुवै जिल्लाबासीमा त्रास, सरोकारवाला अनिविज्ञ

1290
नवलपरासीका थप १ जना कोरोना संक्रमित देखिदा दुवै जिल्लाबासीमा त्रास, सरोकारवाला अनिविज्ञ

गोपी कृष्ण चापागाई
जेठ ६, कावासोती । 
          स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवलपरासी सहित २७ जनामा मंगलबार कोरोना संक्रमणको पुष्टि गरेको दुईघण्टा वितिसक्दा समेत नवलपरासी जिल्लाका सरोकारवालाहरु भने अनविज्ञ देखिएका छन् । मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा नवलपरासी भनिएतापनि पूर्व र पश्चिम खुलाइएको थिएन । यसबिषयमा हाम्रो टिमले जिल्लाका दुबैतर्फका जिल्ला स्वास्थ्य प्रमुखसँग कुरा गर्दा आफूहरुलाई थाहा नभएको जानकारी गराए । 
मन्त्रालयले नवलपरासीके एकजना भन्यो तर हामीलाई नै थाहा छैन । हामी बुझ्न खोजिरहेका छौं पश्चिम नवलपरासी स्वास्थ्य कार्यालय प्रमुख गौरभ ढकालले भने - हामीलाई पनि यो बिषयमा पुर्ण सुचना दिइएको छैन ।
          यस्तै आफूहरुले नवलपुरबाट स्वाब संकलन नपठाएको पूर्वि नवलपरासी स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईंले बताएका छन् । यसबिषयमा नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले भने मन्त्रालयले दिएको सुचनाको दुईघण्टा पछि मात्रै नवलपरासीका एक ब्यक्तिले काठमाडौंमै स्वाब परीक्षण गराएको जानकारी दिए । घिमिरेका अनुसार परीक्षण गर्ने ब्यक्तिले सिधै काठमण्डौंको टेुकु गएर उपचार गराएको र उनले ठेगाना नवलपरासी पुर्व पश्चिम नखुलाएको हुन सक्ने बताउनुभयो । यस विषयमा केही समयमै मन्त्रालयसंग समन्वय गरेर जानकारी दिने  बताए ।  यो बिषयमा हामीले बुझिरहेका छौं, केहिबेरमा जानकारी हुनेछ -सिडिओ घिमिरेले भने । 
 
         पुर्वी वा पश्चिम नवलपरासी भन्ने विषय पुष्टी नहुंदा जिल्ला त्रसित बनेका छन् । मन्त्रालयको व्रिफिङ्गपछि सर्वसाधरणहरुले निरन्तर यस विषयमा चासोे राखेका छन् । संचारकर्मीहरुले समेत अपुष्ट समाचार लेख्नु परेको छ । मन्त्रालयले समेत प्रष्ट्याएको छैन । जिल्लाबासीहरुले तत्काल जानकारी दिन माग गरेका छन् । 
 
         स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमित हुनेमा झापाका ९, सुनसरीका १, मोरङको १, सर्लाही २, काठमाडौं ३, भक्तपुरको १, मकवानपुरको १, रामेछापको १, ललितपुर १, सिन्धुली १, लमजुङ १, कपिलवस्तु ४ र नवलपरासीका १ गरी २७ जनामा संक्रमण देखिएको जानकारी दिएका थिए । यससँगै मंगलबार साँझसम्म नेपालमा ४ सय २ जनामा कोरोना संक्रमण देखिएको छ ।
update time : 7:00pm

 

SHARE

COMMENTS

यसमा तपाइको मत