कोरोना संक्रमित महिलाको सम्पर्कमा आएका देवचुलीका आफन्तहरु १२ जनाकै स्वाव परिक्षण रिपोर्ट नेगेटिभ आयो

174
कोरोना संक्रमित महिलाको सम्पर्कमा आएका देवचुलीका आफन्तहरु १२ जनाकै स्वाव परिक्षण रिपोर्ट नेगेटिभ  आयो

 कावासोती–७ जेठ 

          मंगलबार स्वास्थ्य मन्त्रायले पुष्टी गरेको एक महिला आफ्नो माईत देवचुली–२ मा बस्दा सप्पर्कमा रहे आफन्तहरुको स्वाव परिक्षण नतिजा १२ जनाकै नेगोटिभ आएको छ । स्वाव संकलन गरि भरतपुरमा गरिएको परिक्षण सवै नेगेटिभ आएको देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुषालले जानकारी दिनुभयो ।
        रुपन्देही घर भई काठमण्डौं बस्ने उनी यस अघि बैशाख १९ देखि २९ गते सम्म  देवचुली हमालचोक नजिकै  रहेको माईत घरमा बसेका थिए ।  सिधै काठमण्डौंको टेकु स्थित अस्पतालमा गरिएको परिक्षणमा कोरोना संक्रमण पोजिटिभ देखिएपछि उनि बसेका माईती गाउंमा समेत त्रास फैलिएको थियो । नवलुर जिल्ला प्रशासनले देवचुली १ देखि ५ सम्मका सवै वडा बुधवार देखि ५ दिन सम्मका लागि सिल गरिएको छ ।  संक्रमित महिला हाल काठमाडौंमा रहेकी छिन् । 
         यस अघि देवचुली नगरपालिकामा वडा नं १२ का एक जनामा कोरोना संक्रमण देखएको छ । भारतबाट आएका उनलाई गाउं आउनुपुर्व सिधै अस्पताल पठाएका थिए । उनको कोरोना परिक्षणमा पोजिटिभ आएपछि भरतपुरमै उपचारको क्रममा रहेको छ । उनको अवश्था भने सामान्य रहेको देवचुली नगरपालिकाले जनाएको छ । 

SHARE

COMMENTS

यसमा तपाइको मत