चोरमारा प्राथामिक स्वास्थ्य केन्द्र एक सिल

12
चोरमारा प्राथामिक स्वास्थ्य केन्द्र एक सिल

जेठ १०, कावासोती । नवलपुरको विनयी त्रिवेणी–६का ४५ वर्षीय पुरुषलाई कारोना संक्रमण पुष्टी भएपछि चोरमारा प्राथामिक स्वास्थ्य केन्द्र परिस्थिति सहज नभए सम्मका लागि सिल गरिएको छ । मध्यविन्दु नगर स्वास्थ्य शाखा प्रमुख राम प्रसाद पाण्डेद्वारा विज्ञप्ती जारी गर्दै आर्को सूचना जारी नभए सम्म सम्पूर्ण सेवा वन्द गर्ने उल्लेख छ । विज्ञप्तीमा सर्वसाधरणलाई सुरक्षित प्रत्याभूति नभए सम्मका लागि चोरमारा स्वास्थ्य केन्द्रको सम्पूर्ण सेवा बन्द गरिएको उल्लेख छ । विज्ञप्ती अनुसार शुक्रबार कोरोना संक्रमण पुष्टी भएका विनयी त्रिवेणी गाउंपालिका–६ त्रिवेणीका ४५ वर्षीय पुरुष बुधबार देखि स्वास्थ्य केन्द्रको आईस्वलेशन वार्डमा उपचाररत थिए । 
भारतको गुजरातबाट जेठ १ गते नेपाल प्रवेश गरि सुस्ता गाउंपालिकाको वोधिनगरको क्वारेनटाईन ३ गते एम्बुलेन्समा आएर विनयी वित्रेणी–६को क्वारेन्टाईनमा बसेका थिए । ६ गते वेलुकी ज्वरो आएपछि ७ गते एम्बुलेन्सबाट चोरमारा प्राथामिक स्वास्थ्य केन्द्रमा आएका थिए । ८ गते केन्द्रले लिएको ३१ जनाको पिसिआर स्वाव मध्ये उनको कोरोना संक्रमण देखिएको हो । 
यसैविच मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्र बहादुर रानाले संक्रमित व्यक्तिसंग सम्पर्कमा रहेका सम्पूर्ण स्वास्थ्यकर्मी, अन्य व्यक्तिहरुको स्वास्थ्य परिक्षण गरिने बताउनुभएको छ । नगर प्रमुख रानाले नगरबासीलाई सामाजिक दुरी कायम गर्ने, अनावश्यक रुपमा वाहिर नहिड्ने र विशेष स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन र  त्रसित नबन्न समेत नगरबासीलाई आग्रह गर्नुभएको छ । चोरमारामा राखेका विरामी कोरोना संक्रमित देखिएपछि चोरमाराबासीमा त्रास फैलिएको छ । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत