साहासले बाँचेका कमल : शारीरिक अपाङ्गताले काम गर्न छेकेन

साहासले बाँचेका कमल : शारीरिक अपाङ्गताले काम गर्न छेकेन

काम गर्न अपाङ्गताले छेक्दैन भन्ने उदाहरण बनेका कावासोती १ लोकाहका ३० बर्षिय कमल भुषाल । जन्मजात अपाङ्ग भएर जन्मीएका उनी कहिले टपरी उद्योग संचालनमा खटिए त कहिले ब्लक उद्योग अनि किराना पसल संचालन गरेर आफ्नै पाखुरीमा रमाए ।
 
हिड्न समेत अरुको भर पर्नुपर्ने भुषाल यति बेला ईलेक्टोनिक्स रिक्सा चलाउनमा व्यस्त छन् । उनी अपाङ्ग मात्र छैनन् स्पष्ट समेत बोल्न सक्दैनन् । कावासोतीमा रिक्सा चलाउनेहरु मध्ये फरक शारीरिक अवस्था भएका भुषाल विगत १ बर्षदेखि रिक्सा चलाउदै छन् ।
उनले भने रिक्सा चलाउदा सजिलो लाग्छ तर अरुलाई भने निकै गाह्रो भएको जस्तो ठान्दो रहेछन् , केहिले त रिक्सा चलाउन सक्दैनन् भनेर पनि भन्थे तर आट गरे सकिदो रहेछ । 
 
अपाङ्ग छु तर साहास अपाङ्ग छैन, काम साहासले गर्ने हो, मन कम्जोर छैन् त्यसैले काम गर्न छाड्दिन । भुषालले भने “मलाई हिड्डुल गर्न समस्या थियो, अरुको साहारा खोज्नुपर्ने हुदा रिक्सा किन्ने निधो गरे अहिले रिक्साबाट दैनिक १५ सय रुपैँया कमाउन थालेको छु ।”
 
अपाङ्ग भएर अरुको भरपरि मागेर वा खाली बसेर खानु भन्दा काम सिकेर परिश्रममा रमाउनुको मज्जा नै बेग्लै हुदो रहेछ कावासोतीमा यात्रु ओसार्दै गरेका उनले भने ।  
साँगहरु समेत बेरोजगार बनेको अवस्थामा कमल स्वरोजगार बन्दा रिक्सामा चढ्नेहरु पनि उनको शारिरीक अवस्था र रिक्सा चलाएको देख्दा अच्चम मान्छन् ।
२÷४ जना यात्राहरु पछाडी राखेर रिक्सा हाक्दै गरेको उनले भने “केहि यात्रु त मेरो शारीरिक अवस्था देखेर रिक्सा चढ्नै मान्दैनन् केहिले भने मैले गरेको प्रगतिमा खुसी व्यक्त गर्दै थप रकम समेत प्रदान गर्छन ।” 
 
अरुले पाल्नुपर्ने कमल आफु मात्र हैन परिवारका अन्य ४ जना सदस्यलाई पनि रोजिरोटी जुटाई दिएका छन् ।  कक्षा १२ प्रथम श्रेणीमा उत्रिण गरेका भुषालले बिए प्रथम बर्ष अध्ययन गर्दागर्दै पढाई भने छोडे । अनि बिभिन्न काम गरी आफ्नो जिबिका चलाउन तर्फ ध्यान केन्द्रित गरे । 
 
शारीरिक रुपमा अपाङ्ग भएकाहरुलाई आफुले जे सकिन्छ त्यही गरि स्वरोजगार बन्न कमलले थालेको प्रयासले अन्यलाई समेत हौसला थपेको छ । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत