यस्तो पनि हुन्छ ? थोरै रकममा नियम मिच्न पाउनुपर्ने माग गदै यातायात बन्द

यस्तो पनि हुन्छ ? थोरै रकममा नियम मिच्न पाउनुपर्ने  माग गदै यातायात बन्द

गृह मन्त्रालयले सार्वजनिक यातायात बन्द नगर्न चेतावनी जारी गरेपनि यातायात मजदुर व्यवसायीले चक्काजामको कार्यक्रम आयोजना गरेका छन् । ट्राफिक प्रहरीले वृद्धि गरेको जरिवाना फिर्ता गर्न माग गर्दै बिहीबारका लागि चक्काजाम घोषणा गरेका हुन् । गृहले मंगलबार सार्वजनिक सवारी बन्द गरे कारवाही गर्ने चेतावनीसहित विज्ञप्ति निकालेको थियो ।
 
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहहित विभिन्न याताव्यवसायी संकर मजदुर संगठनले संयुक्त विज्ञप्ती जारी गर्दै बिहीबारको चक्काजामको पुर्वनिर्धारित कार्यक्रम फिर्ता नहुने जनाएका थिए । वस अनुसार भाडाका सार्वजनिक सवारी साधनलाई पूर्ण रुपमा बन्द छन् । निजी सवारी साधनहरू भने सञ्चालनमा छन् ।
 
निजी सवारी साधनको आवागमनमा भने कुनै अवरोध नगर्ने संगठनहरुले जनाएका छन् । चक्काजाम बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म चल्ने यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । व्यवसायी र मजदुरले राजमार्गलाई शान्ति तथा बन्दमुक्त क्षेत्र घोषणा गर्न माग गर्ने गरेकोमा यसपटक उनीहरू आफैं बन्दमा उत्रिन लागेका हुन् ।
 
यसबाट भाडाका सार्वजनिक सवारी प्रयोगकर्ता नागरिकहरु मर्कामा पर्नेछन् । ट्राफिक प्रहरीले नियम नमान्नेविरुद्ध जेठ १ गतेदेखि न्युनतम् ५ सयदेखि अधिकतम १५ सयसम्मको जरिवाना लगाउन सक्ने नियम लागू गरेको थियो । जरिवाना बढेपछि त्यसको बिरोधमा चक्काजामको घोषणा गरिएको हो ।

SHARE

COMMENTS

यसमा तपाइको मत