मधेश शान्त पारियोस् नत्र साम्प्रदायिकताको खतरा छ : कंडेल

कंडेलले भने लामो समय सम्म मधेशमा आन्दोलन भयो अब उनीहरुको पछाडी कार्यकता छैनन् भनि भ्रमित कोहि पनि हुनुहुन्न

481
मधेश शान्त पारियोस् नत्र साम्प्रदायिकताको खतरा छ  :  कंडेल

नेपाली काँगे्रसका केन्द्रिय सदस्य देबेन्द्रराज कंडेलले मधेशको समस्यालाई समान्य र मधेशबादी दलहरुलाई कम्जोर ठानेमा जातिय द्धन्द्ध हुन सक्ने चिन्ता ब्यक्त गरेका छन् । पे्रस युनियन नवलपरासी शाखाले आफ्नो स्थापनाको रजत जयन्तीको अबसरमा कावासोती डण्डामा रहेको मध्यबिन्दु सामुदायिक अस्पतालमा आयोजना गरिएको  बृक्षारोपण कार्यक्रममा कंडेलले यस्तो चिन्ता ब्यक्त गरेका हुन । 

कंडेलले भने लामो समय सम्म मधेशमा आन्दोलन भयो अब उनीहरुको पछाडी कार्यकता छैनन् भनि भ्रमित कोहि पनि हुनुहुन्न । उनले थपे “हामी पनि शुरुशुरुमा काठमाण्डौमा आन्दोलन गर्दा २/४ जना मात्र हुन्थ्यौ ।” मधेशको समस्या बल्झाएर सरकार टिकाउने खेल भएमा त्यसले ठूलो समस्या निम्ताउने दाबी समेत गरे । 
 
जायज मागहरु पनि संबोदन हुन नसके मधेशमा साम्प्रदायिकता र्सिजना हुने र त्यो साम्प्रदायिकता सरकारको बन्दुक वा कुनै पनि शक्तिले रोक्ने नसक्ने कंडेलले  बताए । उनले भने “हामीले कैयौ पुस्ता बोडर नजिक रहेर बिताएका छौ जब मधेश र पहाडी वा जातियताको कुरा उठ्छ तब त्यहां भरखरै नागरिकता लिएकाहरु ठूला क्रान्तिकारी बन्छन्” हामी बर्षे बिताएकाहरु पनि मधेशी हुन सक्दैनौ । 
 
उनले भने “मधेशवादीको कुनै जनता नेता बनेर काँगे्रस एमाले वा माओबादीमा आए उ पहाडी हुन्छ तर पहाडी मधेशबादी दलमा गए उ कट्टर मधेशबादी बन्ने प्रचलन छ त्यो पनि गलत हो ।”  कंडेलले मधेशको असन्तुष्टी समाधान नभए कागे्रस सरकारमा जाने कुनै सम्भावना नरहेको र जान पनि नहुने बताएका छन् । पूर्व गृहराज्य मन्त्री समेत रहेका उनले फरक प्रसंगमा नवलपरासी जिल्लालाई खण्डित गर्न नहुने समेत धारणा सार्बजनिक गरे ।

SHARE

COMMENTS

यसमा तपाइको मत