पञ्चरत्न ग्रुपले वालवालिकालाई न्यानो कपडा वितरण

130
पञ्चरत्न ग्रुपले वालवालिकालाई न्यानो कपडा वितरण

२५ औं वार्षीक उत्सवको अवसरमा पञ्चरत्न ग्रुपले शुक्रबार रक्तदान कार्यक्रम गरेको छ ।

ग्रुपको केन्द्रिय कार्यालय नारायणगढमा आयोजित कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् । कार्यलयका कर्मचारी र सर्वसाधारण रक्तदान कार्यक्रममा सहभागि भएका थिए । ग्रुपका प्रवन्ध निर्देशक डा. तिलचन्द्र भट्टराईले रक्त्तदान गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

चितवनमा बढ्दो रगतको मागलाई ध्यानमा राखेर सामाजिक सेवा अन्तर्रगत कार्यक्रम आयोजना गरिएको ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुवास रेग्मिले जनाकारी दिनुभयो ।

उहाँले रजत जयन्तीका अवसरमा निःशुल्क स्वास्थ्य परिक्षण,रक्त्तदान,प्राविधिक सेमिनार, पिटुसिटु अन्र्तरगत आस्रित वालवालिकालाई न्यानो कपडा वितरण,अन्तर कर्मचारी भलिवल, फुटसल, हाजिरिजवाफ प्रतियोगिता, उद्योगवाट उत्पादित वस्तुको प्रयोगकर्ता र डिलरहरु विच छलफल कार्यक्रम सम्पन्न गरेको जानकारी दिनुभयो ।

SHARE

COMMENTS

यसमा तपाइको मत