जनताको पैसा अर्थमन्त्रालय र राष्ट्रबैंकमा पोको पारेर किन राख्ने : ओली

चक्रब्युह तोड्दै संग्राम जित्दै अगाडी बढ्छु

251
जनताको पैसा अर्थमन्त्रालय र राष्ट्रबैंकमा पोको पारेर किन राख्ने : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले वितरणमुखी बजेट ल्याएको भन्न आफूलाई कुनै हिच्किचाहट नभएको वताएका छन् । बजेटबारे छलफल गर्न नयाँ बानेश्वरमा आइतबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै एमाले दलका नेता एवं प्रधानमन्त्री ओलीले जनताबाट संकलन भएको रकम जनताको उन्नतिका लागि नदिएर अर्थमन्त्रालय र राष्ट्रबैंकमा पोको पारेर राख्न आफूले नचाहेको बताए । 
 
प्रधानमन्त्री ओलीले वजेटको इतिहासमै स्पष्ट र सर्वश्रेष्ठ बजेट ल्याएको पनि बताए । ।  प्रधानमन्त्री ओलीले एमाले बाख्राको घाँटीमा झुण्डिएको लुर्काेजस्तो हल्लिने पार्टी नभएको र आफ्नो उद्धेश्यमा स्पष्ट रहेको बताए । पार्टीकै नेता माधवकुमार नेपालले आफ्ना योजनाप्रति सगरमाथामा केवुलकार चलाउन भनी गरेको ब्यङ्ग्यको पनि ओलीले जवाफ दिए । प्रधानमन्त्री ओलीले बजेटपछि सरकार ढल्ने भन्ने हल्लाका पछि नलाग्न आफ्ना सांसदहरुलाई आग्रह बताए । ।
 
चक्रब्युह तोड्दै संग्राम जित्दै यहाँसम्म आएको भन्दै अगाडीको चक्रब्युह तोडेर अघि बढ्ने उनको  भनाई छ । बैठकले अहिलेको बजेट उत्कृष्ट रहेको ठहर गरेको छ । त्यस्तै बजेटको छलफलमा सशक्त रुपमा भाग लिन पनि एमालेले आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

SHARE

COMMENTS

यसमा तपाइको मत