काँगे्रस महान्त्री शसांकको रहस्य : मैले ३ बर्षको उम्मेर सम्म केटी कै कपडा लगाए

महिलाहरुले पुरौ अधिकार पाएका छैनन्

369
काँगे्रस महान्त्री शसांकको रहस्य : मैले ३ बर्षको उम्मेर सम्म केटी कै कपडा लगाए

नेपाली कागे्रसका महामन्त्री एवंम बिपि पुत्र शसांकले आफ्नो जन्म दिने आमाले आफुलाई छोरी नै भएर जन्मीयोस् भन्ने चाहेको उल्लेख गरेका छन् । 
नवलपरासीको कावासोती अमलटारी होमस्टेमा सोमबार नेपाल महिला संघले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै कोइरालाले आफ्नो रहस्य खोल्दै छोरी जन्मीन्छ भनेर परिवारले सोही अनुसार तयारी गरेको जानकारी दिए। 
 
उनले भने “आमाले छोरी जन्मछ भनेर सोही अनुसार तयारी गर्नुभएको रहेछ मैले ३ बर्षको उम्मेर सम्म केटी कै कपडा लगाएको हुँ ।” आमाले पनि छोरी जन्मन्छ भनेर छोरीकै लागि कपडा किन्नुभएको रहेछ तर छोरा भएर जन्मीए त्यसैले ३ बर्ष सम्म केटीकै कपडा लगाए । उनले भने म त्यो परिवारबाट आएको मान्छे हुँ त्यसैले महिलालाई अधिकार दिन हिच्कीचाहट छैन् ।
 
समाजमा ढिलै होस् तर छोरी होस् भन्ने मानसिकता र्सिजना हुन नसके सम्म महिला पुरुषबीचको विभेद अन्त्य नहुने समेत दाबी गरेका छन् । किन ढिलै होस् छोरा होस् भन्ने छोरी होस् भन्न किन नहुँने उनले प्रश्न गरे ।  आफ्नो आमाले धेरै बर्ष पहिले पनि छोरी जन्माउन चाहेको उदाहरण प्रस्तुत गदै त्यसैको प्रेरणाले महिला अगाडी र आफु पछि पछि राजनीति गर्न चाहेको बताए । 
 
राजनीतिमा महिलालाई प्राथमिकता दिन आफुले कन्जुसाई नगर्ने उल्लेख गर्दै आफु निर्वाचित क्षेत्र नम्बर १ मा समेत अधिकांस महिलाहरुकै सहयोगले आफु निर्वाचन भएको कोईरालाले बताए । मैले अबको निर्वाचनमा धेरै महिलाहरुलाई निर्वाचनमा उठाउनुपर्छ भनेर आवाज उठाउछु । महिलाहरुको लागि बिभिन्न अधिकारहरु प्रदान गरिएपनि त्यो अधिकार प्राप्त नरहेकाले अब प्रत्यक्ष निर्वाचनमा उठ्ने सहास महिला दिदि बहिनीले बटुल्न आग्रह गरे । सधै बिपिको उदाहरण प्रस्तुत गर्ने शसांकले आफ्नी आमाको उदाहरण दिदै भनेका छन् “मेरो आमाले धेरै बर्ष पहिले पनि घोडा र साईकलमा आफैले चलाउनुहुन्थ्यो जुन समयमा पुरुषहरुले चलाउन हिचकिचाउथे ।” 

SHARE

COMMENTS

यसमा तपाइको मत