पुरस्कार वितरणमा प्रधानमन्त्री ओलीले भने बिमल खोई ?

विमल नवलपरासी स्थित घरमा

716
पुरस्कार वितरणमा प्रधानमन्त्री ओलीले भने बिमल खोई ?

बंगबन्धु गोल्डकप र १२ औं सागको स्वर्ण जित्दाका सवै साथी उपस्थित भएर लिईएको आकर्षक पुरस्कार राशी लिने कार्यक्रममा युवा स्टाईकर विमल घर्तिमगर उपस्थित हुन सकेनन् । गत जेठ १३ गते आफ्नी बहिनी मनिषा घर्तिमगरको असामयीक निधनका कारण शोकमा रहेका विमल नवलपरासी स्थित घरमा रहेका कारण पुरस्कार वितरण समारोहमा उपस्थित हुन नसकेका हुन् ।
 
 
पुरस्कार वितरण समारोहलाई संवोधन गर्दै प्रधानमन्त्री केपी ओलिले विमलको अभाव खड्एिको बताए । उनले भने, ‘यो समारोहमा विमल आउन सकेनन्, उनको अभाव हामी सवैलाई खड्किएको छ ।’ बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्कप तथा भारतको गुवाहाटी र सिलोङमा आयोजित १२ औं साग अन्तर्गत फुटवलमा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई एन्फाले जनही दश लाख नगद पुरस्कार प्रदान गरेको छ । मंगलबार राजधानीमा आयोजित विशेष कार्यक्रमका बिच प्रधानमन्त्री केपी ओलिले खेलाडीहरुलाई प्रशंसापत्र सहित चेक हस्तान्तरण गरे ।
बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकपमा स्वर्ण चुम्दा नेपाली फुटवल टिमले फिफा बरियतामा आफुभन्दा ७५ स्थान माथि रहेको बहराईनलाइ हराएको थियो । बिराज महर्जनको कप्तानीमा बंगन्धु गोल्डकप खेलेको नेपाली फुटवल टिमले बहराइराईनला पराजित गर्दै २३ बर्षपछी आधिकारीक अन्तर्राष्ट्रिय प्रतियोगिता जितेको थियो । बंगबन्धुमा गोल्ड विजेबापत पाँच लाख नगद पाएका खेलाडीहरुले १२ औं सागमा स्वर्ण जितेबापत पाँच लाख सहित जनही कुल दश लाख प्राप्त गरेका हुन् ।
भारतको गुवाहाटी र सिलोङमा सम्पन्न १२ औं सागमा नेपाली पुरुष फुटवल टिमले भारतलाई पराजित गर्दै स्वर्ण चुमेको थियो । पुरुष फुटवल टिमलाई जनही दश लाख नगद पुरस्कार दिएको अखिल नेपाल फुटवल संघ एन्फाले सागमा रजत पदक हाँसिल गरेको महिला फुटवल टिमलाई भने जनही एक–एक लाख नगद र प्रशंसापत्र प्रदान गरेको छ । पुरस्कार प्राप्त गरेसँगै नेपाली राष्ट्रिय टिमका कप्तान विराज महर्जनले ‘उचित सम्मान पाएको अनुभुती भएको’ बताए ।
 
स्रोत ः रातोपाटी 

SHARE

COMMENTS

यसमा तपाइको मत