राजा वीरेन्द्रको वंश नै नाश भएको १५ बर्ष पुग्यो : हत्या अझै रहस्यमय

229
राजा वीरेन्द्रको वंश नै नाश भएको  १५ बर्ष पुग्यो : हत्या अझै रहस्यमय

दरबार हत्याकाण्ड भएको १५ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते दरबारभित्र भएको गोलीकाण्डमा तत्कालिन राजा वीरेन्द्रको वंश नै नाश हुनेगरी राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो । हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतीसहित १० जनाको निधन भएको थियो ।
 
तत्कालिन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालिन युवराज दीपेन्द्रबाटै भएको ठहर गरेपनि यसलाई धेरैले विश्वास गरेका छैनन । १५ वर्ष वित्दासम्म पनि हत्याकाण्डको तथ्य अझै बाहिर आउन सकेको छैन । हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई अहिले संग्राहलय बनाइएको छ ।  

SHARE

COMMENTS

यसमा तपाइको मत