विप्लब माओबादीको बन्दले जनजिवन प्रभाबित

विप्लब माओबादीको बन्दले जनजिवन प्रभाबित

विप्लब नेतृत्वको माओवादीले आयोजना गरेको बन्दको कारण नवलपरासी लगाएत देशभरको जनजिवन प्रभाबित बनेको छ । बन्दका कारण सवारी साधान चल्न सकेका छैनन् । सवारी नचल्दा गन्तव्यमा पुग्ने सर्वसाधारण समस्यामा परेका छन् । नवलपरासीमा त्यती ठूलो मात्रामा कार्यकर्ता नदेखिए पनि बन्दको प्रभाब भने देखिएको छ । 
 
निजि सवारी साधान केहि मात्रामा चलेपनि भाडाका सवारी साधन भने चलेका छैनन् । बिद्यालय, बजार, कलकारखाना समेत बन्द भएका छन् । नवलपरासीको गैडाकोट, रजहर, दलदले, कावासोती, बर्दघाट, परासी लगाएका स्थानमा बन्द गराउन सामान्य कार्यकर्ताहरु भेला भएका छन् । 
देशका बिभिन्न स्थानमा गाडी ताड्फोड र कार्यकर्ता प्रक्राउ परेपनि अहिले सम्म जिल्लामा कुनै अप्रिय घटना नभएको प्रहरीले जानकारी दिएको छ । 

SHARE

COMMENTS

(Jun 17 2016 4:59:37:877AM)
Biplab party ? Haina kun new party name ho Balla Aaja suniyo. Good kam garyo ki vaneko nawalparasi Banda garyo re Toit . Laj lagera Aauxa party Ko name Ra kam sunda

यसमा तपाइको मत