जनता पालमुनी नेता पैँसाको थुप्रोमा सैह्य छैन : गुरुङ

बिदेशीले नपत्याए देश टाट पल्टिन्छ

जनता पालमुनी नेता पैँसाको थुप्रोमा सैह्य छैन : गुरुङ

नेपाली काँगे्रसका केन्द्रिय सदस्य धनराज गुरुङले भूकम्पले जनता पालुमनी बसिरहेको अबस्थामा सासंदलाई तलव र भत्ता बढाएर पैँसाको थुप्रोमा बसाल्ने कार्य आफुलाई सैह्य नभएको वताएका छन् । नवलपरासीको कावासोतीमा पार्टी प्रशिक्षणको लागि सहभागि हुन आएका गुरुङले पे्रस युनियनले आयोजना गरेको पत्रकार संम्मेलनमा उनले देशलाई समस्यामा पार्ने गरी तलब भत्ता बृद्धि गर्न न्याय संगत नभएको दाबी गदै फिर्ता गर्नुपर्ने माग गरे ।
 
राजनीतिक दलहरुबीच सहमति र सहकार्य हुन नसक्दा संबिधान कार्यान्वय जटिल बनेको र अहिलेकै अबस्था रहे २०७४ सालपछि संबिधान कागजको खोस्टो बन्न सक्ने प्रति चिन्ता व्यक्त गरेका छन् । उनले संबिधानले दिएका मौलिक अधिकार लगाएत स्थानिय निकार्यको निर्वाचन कार्यान्वयनमा काँगे्रस समेत सरकारमा सहभागि हुनु आवश्यक रहेको बिचार व्यक्त गरे ।
 
संविधान कार्यान्वयन भाषणको लागि नभई कार्यान्वयनको बिषय भएकाले सबै दलहरु गम्भिर भएर लाग्नुपर्नेमा उनको सुझाव छ ।  गुरुङले अहिले आएको बजेटमा बिदेशीले रकम नपत्याएमा देश टाट पल्टिन सक्ने चेतावनी दिए । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत