उपयोग बिनाको वन संरक्षणको कुनै अर्थ छैन

उपयोग बिनाको वन संरक्षणको कुनै अर्थ छैन

सामुदायिक वनको क्षेत्रमा लामो समयदेखि क्रियाशिल रहेका सरोकारवालाहरुले वनको संरक्षणमा निकै ठूलो प्रगति भएपनि उपयोगमा भने निकै कमजोर रहेको बताएका छन् । विश्वका अन्य देशहरुले वनबाट ठूलो आर्थिक परिर्वतन गरेपनि नेपालमा भने हेँर्नको लागि मात्र वन संरक्षण गरिएको भन्र्दै वनको नीति परिर्वतनमा जोड दिएका छन् । 
 
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (जिल्ला महासंघ) नवलपरासीको ७ औँ जिल्ला परिषद्मा शनिवार प्रगतिनगरमा सहभागि बनेकाहरुले वन भित्रको समस्या दिर्घकालिन रुपमा समाधान गर्नुपर्ने बताएका हुन । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय महासचिव  भारती पाठकले सामुदायिक वनले सामाजिक क्षेत्रमा पुर्याएको योगदान कसैले पनि भूल्न नहुने बताईन् । उनले भनिन् “अहिले पनि सामुदायिक वन र अन्य बिभिन्न पक्षबीच द्धन्द्ध छ, त्यो द्धन्द्ध नहटे सम्म समस्याको समाधान हुदैन ।” उनले उपयोग विनाको वन संरक्षणको कुनै अर्थ नरहेको समेत बताएकी छिन् । 
 
परिषद्मा वनहरुको अवसर र चूनौतिको विषयमा समेत छलफल गरिएको थियो । वनका सचिव ज्ञान प्रसाद डुम्रेको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष केश कुमारी न्यौपानेकोे आर्थिक प्रतिवेदन छलफलपछि पारित गरिएको थियो ।
 
महासंघका जिल्ला अध्यक्ष ठाकुर प्रसाद पाण्डेको अध्यक्षता रहेको परिषद्मामा राष्ट्रिय कोषाध्यक्ष मञ्जु मलासी, स्थायी कमिटी सदस्य ठाकुर भण्डारी, वन विभागका महानिर्देशक गौरी शंकर तिनिला लगाएतले सो अवसरमा बोलेका थिए । बोल्ने बक्ताहरुले वनको संरक्षणमा बषैँदेखि जुटेपनि प्र्रयोग भने गर्न नपाएको र वनलाई आर्थिक सम्बृद्धि संग जोड्नुपर्ने बताएका थिए । कार्यक्रम महाराजा सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा अयोजना गरिएको थियो । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत