सरकारको नाटकीय वार्ताले देश ठूलो दुर्घटनामा फस्न सक्छ : त्रिपाठी

सरकारको नाटकीय वार्ताले देश ठूलो दुर्घटनामा फस्न सक्छ :  त्रिपाठी

 
 
तराई मधेश लोकतान्त्रिक पार्टीका बरिष्ठ  उपाध्यक्ष ह्देश नाटकीय सरकारले बार्ताको नाममा नाटकमात्र गर्न खोजेको आरोप लगाएका छन् । नाटकै कारण देश नै ठूलो दुर्घटनामा फस्न सक्ने  उनले चेतावनी दिएका छन् । रिपोर्टस क्लब नवलपरासी शाखाले वुधवार त्रिबेणीको त्रिपाठी निवासमा  आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले सरकारले मधेशको जायज माग पुरा गर्न नखोजेको आरोप लगाएका छन् ।
 
 
उनले भने सरकार नाटकीय  रुपमा प्रस्तुत हुन्छ अहिले सम्म पनि आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा , घाईतेलाई  निशुल्क उपचार र कार्यकर्ता माथी लगाईएको मुद्दा फिर्ता नभएसम्म सरकारसंग निर्णायक बार्ता  नहुने दाबी गरे ।
 
स्थानिय निकायको निर्वाचनको औचित्य नरहेको भन्दै सबैलाई साथमा नलिईकन निर्वाचन गरेर देखाउन चेतावनी समेत दिए । पार्टी महाधिबेशन सन्दर्भमा अगामी असार ६ गते देखी ८ गतेसम्म नवलपरासीमा संचालन हुने  तमलोपाको प्रथम राष्ट्रिय महाधिबेशनलाई सहयोग गर्न सबैलाई आग्रह गरे ।

SHARE

COMMENTS

यसमा तपाइको मत