एसएलसीको नतिजा ९ वटा गे्रडमा

१६ हजार ४ सय ५४ परीक्षार्थीले ए प्लसमा उत्रिण

309
एसएलसीको नतिजा ९ वटा गे्रडमा

 
यस वर्षको एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको छ । बिहीबार दिउँसो परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो । पनिकाले यस वर्षदेखि पहिलोपटक एसएलसी परीक्षाको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको हो। ग्रेडिङ प्रणालीमा कुल चार ग्रेड प्वाइन्ट एभरेज (जीपीए) मध्ये विद्यार्थीको प्राप्तांक अनुसार नौ तहमा वर्गीकरण गरेर नतिजा प्रकाशन गरिएको परीक्षा नियन्त्रक कृष्ण काप्रीले बताउनुभयो ।
 
नियमित तर्फ सहभागी ४ लाख ३७ हजार ३ सय २६ जना परीक्षार्थीहरु मध्ये जसमा १६ हजार ४ सय ५४  परीक्षार्थीले ३ दशमलव ६ देखि ४ ग्रेड सम्म प्राप्त गरेका छन्। त्यस्तै ३ दशालव २ देखि ३ दशालव ६ ग्रेड प्राप्त गर्ने परीक्षार्थी ४१ हजार ५ सय ७७, २ दशालव ८ देखि ३ दशालव २ ग्रेड प्राप्त गर्ने  परीक्षार्थी ४८ हजार ६ सय ११, २ दशालव ४ देखि २.८ ग्रेड प्राप्त गर्ने ६३ हजार १ सय ८१,  २ देखि २ दशमलव ४ गे्रड प्राप्त गर्ने ९४ हजार ७ सय १६ जना परीक्षार्थी रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
 
साथै २ दशालव ० देखि  १ दशमलव ६ ग्रेड प्राप्त गर्ने  परीक्षार्थी संख्या भने १ लाख ४ हजार २ सय ७८ रहेको छ । साथै  ५७ हजार ७ सय ६३ परीक्षार्थीले १ दशालव ६ देखि १ दशालव २ ग्रेड प्राप्त गरेका छन् भने १ दशमलव २ देखि ० दशालव ८ ग्रेड प्राप्त गर्नेको संख्या ८ हजार रहेको नियन्त्रण कार्यालयले जनाएको छ । त्यस्तै ० दशमलव ८ देखि ० ग्रेड प्राप्त गर्ने ११ जना परीक्षार्थी रहेका छन् ।
 
त्यस्तै उमेर नपुगेका १६ जना, सैदान्तिक छुटेका १ हजार ७ सय ३३, प्रयोगात्मक नदिएका १ हजार ८ सय, परीक्षा रद्द गरिएको १ सय ८८ जना, परीक्षा बीचमै छाडने ६ हजार ८ सय ७८  र १ जना परीक्षार्थी का निष्कासन भएको समेत कार्यालयले जनाएको छ ।

SHARE

COMMENTS

यसमा तपाइको मत