सरकारको यस्तो छ रोड म्याप ,डेढ बर्षमा तीन चुनाव ?

373
सरकारको यस्तो छ रोड म्याप ,डेढ बर्षमा तीन चुनाव ?

सरकारले आगामी २०७४ माघ १० गतेभित्र सम्पन्न गर्ने गरी संविधान कार्यान्वयनको कार्ययोजना तयार पारेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले उक्त कार्ययोजना पारित गरेको हो । कार्ययोजनामा २०७३ साउनभित्र भाषा आयोग, स्थानीय तहको निर्वाचन र न्याय प्रशासनसम्बन्धी ऐन ल्याउने, प्रदेशको सीमांकनका लागि सुझाव लिन संघीय आयोग गठन गर्ने, भदौभित्र उच्च अदालत गठन गर्ने, असोजभित्र संवैधानिक निकाय र आयोगका कानुन ल्याउने, कात्तिकमा संघीय संसदको निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने, संवैधानिक निकाय गठन गर्ने र मंसिरमा स्थानीय निर्वाचन सम्पन्न गर्नेलगायत उल्लेख छन् ।

 
 यसैगरी, सरकारले यही २०७३ चैतभित्र प्रदेश प्रमुखको नियुक्ति र प्रदेशका अस्थायी राजधानी तोक्नेछ भने २०७४ माघ ७ गतेभित्र आम निर्वाचन सम्पन्न गर्नेछ । राष्ट्रपति÷उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानुन, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी समायोजनासम्बन्धी कानुन २०७३ पुसभित्र ल्याउने पनि सरकारले निर्णय गरेको छ । संघीय संसद, प्रदेशसभा, प्रतिनिधिसभा, राष्ट्रियसभा सदस्यको निर्वाचनसम्बन्धी कानुन सोही अवधिमा ल्याउने निर्णय पनि भएको छ ।
 
प्रतिनिधिसभा, राष्ट्रियसभा सदस्यको निर्वाचन २०७४ कात्तिकसम्म गरिसकिने योजनामा उल्लेख छ । बैठकपछि सूचना तथा सन्चारमन्त्री शेरधन राईले सरकारले सो कार्ययोजना व्यवस्थापिका–संसदमा पेस गर्ने जानकारी दिनुभयो । गत असोज ३ मा संविधानसभाबाट पारित संविधान कार्यान्वयनकाक्रममा २०७४ माघ ७ गतेभित्र आमनिर्वाचन सम्पन्न भएपछि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गरिने योजनामा उल्लेख छ ।
 
बैठकले सशस्त्र प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षकमा शैलेन्द्र खनाल र जीतबहादुर पुनलाई बढुवा गरेको छ भने मन्त्रिपरिषदको २०७३ वैशाख ७ को निर्णयमा हेरफेर गर्दै विहीबारको बैठकले रुसी महासंघका राजदूत सिफारिस भएका निरञ्जन थापालाई म्यानमार र म्यानमारका लागि सिफारिस भएका ऋषिराम घिमिरेलाई रुसी महासंघको राजदूत हुने गरी निर्णय गरेको छ । बोन म्यारो ट्रान्सप्लान्ट गराउने अत्याधुनिक उपकरण आगामी ६ महिनाभित्र कुनै एक सरकारी अस्पतालमा जडान गर्ने पनि बैठकले निर्णय गरेको छ । यसैगरी, आकस्मिकरुपमा दु्रतमार्गबाट राहदानी लिन अतिरिक्त दस्तुर पनि तोकिएको  मन्त्री राईले जानकारी दिनुभयो ।

SHARE

COMMENTS

यसमा तपाइको मत