“प्रमुख जिल्ला अधिकारी ज्यू”नहरमा पानी कहिले आउछ ! शिक्षाको बेतिथी कहिले हट्छ ?

361
“प्रमुख जिल्ला अधिकारी ज्यू”नहरमा पानी कहिले आउछ ! शिक्षाको बेतिथी कहिले हट्छ ?

नागरिक समाज नवलपरासीले विभिन्न ३ बुँदे माग राख्र्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । समाजका अध्यक्ष शम्भु उपाध्याय, उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष रामजी ज्ञवाली सहितको टोलीले प्रमुख जिल्ला अधिकारी महादेव पन्थलाई भेटी विभिन्न बिषयमा जनगुनासो  व्यापक आएको भन्दै तत्काल त्यसमा ध्यान दिन माग गरेका हुन । 
 
किसानले धान रोप्ने बेला भईसक्दा पनि नेपाली नहरमा पानी नपाएकोे, परासीमा सन्चालित निजि विद्यालयहरुले बालबालिका ओसारपसार गर्न प्रयोग गर्ने बसमा क्षमता भन्दा बढी बालबालिका राख्ने गरेको र परासीमा रहेको जेके एजुकेश्नल एकेडेमीले भ्रम फँैलाउने विज्ञापन संचार माध्यममा प्रशारण गरेको प्रति चासो दिन भएको छन् ।  
 
समाजका अध्यक्ष उपाध्यले भने व्यापक जनगुनासो आउदा पनि सरकारी निकाय कानमा तेल हालेर बस्यो यहाँ उपभोक्ताको अधिकार कुण्ठित भएको छ, बाध्य भएर प्रमुख जिल्ला अधिकारीकोमा पुगेको हौ । प्रमुख जिल्ला अधिकारी पन्थले यसबारेमा आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
 

SHARE

COMMENTS

यसमा तपाइको मत