१० बर्षे जनयुद्धमा पीडित बन्नुभयो ? ३० दिन थपियो उजूरी दिनुहोस्

अहिले सम्म ३३ हजार ५ सय ८९ उजूरी

259
१० बर्षे जनयुद्धमा पीडित बन्नुभयो ? ३० दिन थपियो उजूरी दिनुहोस्

सत्य निरुपण तथा मेलमिलाप आयोगले दश वर्षे जनयुद्धका क्रममा राज्य र तत्कालीन विद्रोही पक्षबाट पीडित पक्षले उजूरी दिने म्याद एक महिना थप गरेको छ । यसअघि आयोगले ६० दिनको समय दिएर उजूरी संकलन गरेको थियो । दुई महिनामा आयोगमा हत्या, यौन शोषण तथा दुर्वयवहार, कुटपिट र गम्भीर प्रकारका मानवअधिकार उल्लंघन भएको भन्दै ३३ हजार ५ सय ८९ वटा उजुरी परिसकेका छन् । 
 
यसअघि आयोगले उजुरीका लागि ०७३ साल बैशाख ५ गतेदेखि असार २ गतेसम्मको समय तोकेको थियो । पीडित पक्षबाट उजूरी संकलनका लागि म्याद थप गर्न माग भएपछि आयोगले एक महिना समय थप गरेको हो । यसअघि वेपत्ता पारिएका व्यक्तिको छानविन गर्न गठित आयोगले पनि उजूरी संकलनको समय एक महिना थप गरेको थियो ।

SHARE

COMMENTS

यसमा तपाइको मत