आकांक्षि बढी भएपछि तमलोपाको पदाधिकारी चयन गर्ने जिम्मा अध्यक्ष ठाकुरलाई

253
आकांक्षि बढी भएपछि तमलोपाको पदाधिकारी चयन गर्ने जिम्मा अध्यक्ष ठाकुरलाई

 
तराई मधेश लोकतान्त्रिक पार्टी  तमलोपाको प्रथम महाधिवेशनका प्रतिनिधिहरुले सर्वसम्मत नभएका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको चयनको पूर्ण अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । असार ६ गते देखि नवलपरासीको परासीमा शुरु भएको महाधिबेशन ८ गते सकिने भनेपनि पदाधिकारी चयनमा समस्या देखिएपछि  बिहिबार सम्म चलेको छ । बिहिबार दिउँसो सम्म  पदाधिकारी र केन्द्रीय सदस्य चयनमा समस्या देखिएपछि अध्यक्षलाई प्रतिनिधिहरुले पदाधिकारी छान्ने जिम्मा दियौं तमलोपाका नेता शुभानअली अन्सारीले  भने –‘महामन्त्री , सहमहामन्त्री र कोषाध्यक्ष सहित सदस्यहरु अध्यक्षले विवेक पुर्याएर छान्नुहुन्छ’ ।
 
महाधिवेशनले अध्यक्षमा महन्थ ठाकुर वरिष्ठ उपाध्यक्षमा हृदेयश त्रिपाठी, उपाध्यक्षमा बृखेसलाल कर्णलाई निर्बिरोध निर्वाचित गरेको थियो । एकको दिनमा समयमा निर्वाचन प्रक्रिया थाल्न नसकेको तमलोपाले निर्वाचनको सट्टा पार्टी अध्यक्षलाई उम्मेदवारीका आधार हेरेर पदाधिकारी र सदस्यहरु च्यन गर्ने जिम्मा दिएको हो  ।
 
एक जना उपाध्यक्ष मनोनित  अध्यक्षले गर्ने भनिएको थियो । तर सबै पदाधिकारी र सदस्य चयनको जिम्मा अध्यक्षलाई दिएको भन्दै केही उम्मेदवारहरुले असन्तुष्ट पोखेका छन् । दुई महामन्त्रीका लागि बृजेश गुप्ता चन्द्रादेवी चौधरी, जंगीलाल यादव, उमाकान्त झाले उम्मेदवारी दिएका थिए , दुई सहमहामन्त्रीका लागि  राजेन्द्र साह, राजेश मिश्र, सलिम मिया अन्सारी, सहित १० जनाको उम्मेवारी परेको छ र एक जना कोषाध्यक्षका लागि  विमल श्रीवास्तव, कविन्द्र ठाकुरको गरी तीन जनाको उम्मेदवारी परेको  छ ।
 
सदस्यहरु र पदाधिकारी गरी एक सय २० जनाको उम्मेदवारी कायम भएको अबस्थामा अध्यक्ष ठाकुरलाई ७५ सदस्यीय केन्द्रीय समिति चयनको जिम्मा दिइएको हो । निर्वाचन समितिले निर्वाचनको प्रक्रिया थालनी  महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरु नाम अध्यक्ष ठाकुरले दिएपछि मात्र सावर्जनिक गर्ने जनाइएको  छ । 

SHARE

COMMENTS

यसमा तपाइको मत