समाज प्रतिको उत्तरदायित्व पत्रकारले बिर्सन हुन्न : महासंघ पूर्व अध्यक्ष झा

322
समाज प्रतिको उत्तरदायित्व पत्रकारले बिर्सन हुन्न : महासंघ पूर्व अध्यक्ष झा

नवलपरासीका (कावासोती) असार १४ ।
 
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले पत्रकारले कमल चलाउदा सधैंव समाज प्रतिको उत्तरदात्यिव भूल्न नहुने बताएका छन् । उनले पत्रकारीता पेशा कुनै एक व्यक्तिको दैनिकी चालाउने सँगको सम्बन्ध नभएर सिंगो देशकै भविश्य जोडिएको भन्दै जिम्मेवार पत्रकारीता आजको आवश्यकता रहेको उल्लेख गरेका छन्  ।
 
नेपाल पत्रकार महासंघ नवलपरासीले कावासोतीमा आयोजना गरेको २ दिने फिचर लेखन सम्बन्धि तालिमको समापनको अवसरमा झाले यस्तो बताएका हुन । झाले भने “यस पेशाबाट हरेक बर्ष धेरै ब्यक्ति पलायन हुन्छन्, जुन मेहनतकै अभावले हो, अल्छि पत्रकारबाट उत्कृष्ट पत्रकारीताको परिकल्पना गर्न सकिदैन ।”
 
हिमालय सामुदायिक विकास मञ्च हिकोडेफको सभाहलमा भएको तालिममा  जिल्लाका २ दर्जन पत्रकाहरुको सहभागीता रहेको थियो । २ दिन सम्म महासंघका पूर्व अध्यक्ष झाले पत्रकारीतामा फिचरको आजको आवश्यकता र यसको शैलीका बिषयमा सहजिकरण गरेका थिए । नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष नारायण शर्माले पत्रकारहरुको क्षमता अभिबृद्ध गर्न महासंघ निरन्तर कृयाशिल रहने बताएका छन् ।

SHARE

COMMENTS

यसमा तपाइको मत