कृषि र पशुपालनमा आधुनिकिकरण आवश्यक छ : एमाले नेता महत

277
कृषि र पशुपालनमा आधुनिकिकरण आवश्यक छ : एमाले नेता महत

अर्जुन सापकोटा, नवलपरासी, असार १६ 
नेकपा एमालेका केन्द्रिय सदस्य तिलक महतले कृषि र पशुपालनमा आधुनिकिरण विना देशले समृद्धी हासिल गर्न नसक्ने बताएका छन् । अखिल नेपाल किसान महासंघ जिल्ला समन्वय समिति नवलपुरले कावासोतीमा आयोजना गरेको कृषि र पशुपंक्षी विकासमा यस बर्षको बजेट र  किसानहरुले प्राप्त गर्ने सुविधा बिषयक १ दिने गोष्ठीमा यस्तो बताएका हुन् । 
 
उनले भने “नवलपरासी जिल्ला कृषि र पशुपालनमा नम्बर वान बन्न सक्छ, अहिलेकै अबस्थाले पनि हामी अगाडी छौं यसलाई अझै सुधार गर्दै लैजानु पर्छ ।” महतले सरकारी तथा गैरसरकारी क्षेत्रबाट प्रधान गर्ने सेवा सुविधामा सरलिकरण र प्रभावकारी वितरण गर्न सके मात्र कृषिमा प्रगति हुन सक्ने विचार व्यक्त गरे ।
 
समितिका अध्यक्ष चुडामणी शर्माको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका प्रमुख तेज नारायण गैरे र पशु सेवा कार्यालयका बरिष्ठ पशु विकास अधिकृत शंकर शाहले कृषि तथा पशुपालनमा भईरहेको प्रगति बारे जानकारी गराएका थिए ।
 
कार्यक्रमका सहभागीहरुले धेरै मानिसहरु अहिले पनि कृषिमा आबद्ध रहेपनि बर्षेनी ठूलो खाध्यबस्तु बाहिरी मुलुकबाट भित्रिनु दुखद् रहेको बताएका छन् । 
नेकपा माओबादी केन्द्र नवलपुरका संयोजक धन प्रसाद सापकोटाको उपस्थिती रहेको कार्यक्रममा नेकपा एमालेमा आबद्ध विभिन्न क्षेत्रका व्याक्तिहरुको सहभागीता थियो । कार्यक्रम कावासोती खानेपानी सभाहलमा आयोजना गरिएको हो ।  
 

SHARE

COMMENTS

यसमा तपाइको मत