जम्मू काश्मिर पुग्ने १ सय ७० जना इको साईकलयात्री मंगलबार नवलपरासीमा

609
जम्मू काश्मिर पुग्ने १ सय ७० जना इको साईकलयात्री मंगलबार नवलपरासीमा

नवलपरासी, असार २१ । 

शान्तिको कामना गर्दै इको ईसाईकल यात्रामा हिडेका यात्रीहरु मंगलवार नवलपरासी आई पुगेका छन् । प्रदूषण रहित वातावरण र मूलुकमा शान्तिको कामना गर्दै साईकल यात्रामा निस्किएको निकेस ठकुरीले जानकारी दिए । १ सय ७० साईकल यात्रीहरु अरुणखोलाको जनता उच्च माध्यामिक विद्यालयमा बास पनि बुधबार रुपन्देही तर्फ लाग्ने कार्यक्रम रहेको छ । 

जम्मूकाश्मिरमा १२ वर्षमा लाग्ने धार्मिक मेलामा सहभागी हुन जूलाई १ देखि काठमाण्डौंबाट यात्रा शुरु गरिएको हो । यात्रा सेप्टेम्वरमा सकिने बताईएको छ । मेलामा काठमाण्डौं, लावाङ, भुटान, र दार्जिलिङका बौद्ध धर्म मान्ने युवाहरु सहभागी बनेका छन् । १२ वर्षमा लाग्ने मेलामा लिवाङमा स्वेदश र विदेश बाट हजारौं मानिसहरु त्यहाँ पुग्ने गरेका छन् ।

SHARE

COMMENTS

यसमा तपाइको मत