शशांक विरामी भएपछि क्षेत्र नम्बर १ का नेता कार्यकर्ता काठमाण्डौं लागे

362
शशांक विरामी भएपछि क्षेत्र नम्बर १ का नेता कार्यकर्ता काठमाण्डौं लागे

अर्जुन सापकोटा, असार २२

नवलपरासी क्षेत्र नम्बर १ का सासंद एवंम नेपाली कांगे्रस महामन्त्री शशांक कोराईराला सिकिस्त विरामी परेपछि यहाँका नेता कार्यकता चिन्तीत बनेका छन् । कोइरालाको अवस्था बुझ्न १ दर्जन नेता कार्यकर्ता बुधबार बिहान काठमाण्डौं लागेका हुन । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य गोकूल सापकोटाले भने शशांक सिकिस्त विरामी भएको खबर आएपछि उहाँको अवस्था बुझ्न कोइराला निर्वाचित क्षेत्रका नेताहरु काठमाण्डौं लागेका हौँ । 

क्षेत्र नम्बर १ बाट  महासमिति सदस्य गजेन्द्र आले, क्षेत्रीय अध्यक्ष दोणवन सन्यासी, महाधिवेशन प्रतिनिधि हरिराज गौतम, गैंडाकोट नगर सभापति तारापति खरेल, लगाएतका अन्य नेता कार्यकर्ता सहभागी रहेको सापकोटाले जानकारी दिए । 

कोइरालको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको चिकित्सकले बताएपछि नवलपरासीबाट संशाकलाई भेट्न काठमाण्डौं जाने क्रम शुरु भएको छ । चिकित्सकका अनुसार उनको अवस्था गम्भीर तर स्थिर रहेको छ । कोइराला लाई निमोनिया भएको पाइएको समेत अस्पतालले जनाएको छ । 

सिकिस्त भएका कोइरालालाई भेट्न प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, सुजाता कोइराला, दिलेन्द्र बडुलगायत कांग्रेस नेताहरु अस्पताल पुगेका छन् । यस्तै कोइराला अस्पतालमा भर्ना भएको खबर सुने लगत्तै कांग्रेस नेता, कार्यकर्ता तथा सुभेच्छुकहरु ठूलो संख्यामा ओम अस्पतालमा जम्मा भएका छन् ।

 

SHARE

COMMENTS

यसमा तपाइको मत