बीबीसी सँग बाल अभियान्ता विपना शर्मा “प्रधानमन्त्री बन्ने लक्ष्य”

625
बीबीसी सँग बाल अभियान्ता विपना शर्मा “प्रधानमन्त्री बन्ने लक्ष्य”

अर्जुन सापकोटा, कावासोती असार २२ 

नवलपरासी जिल्लाकी  बाल अभियान्ता  विपना शर्माले बीबीसी नेपाली सेवाको बहु चर्चित साप्ताहिक कार्यक्रम “नेपाल सन्दर्भ” मा कुराकानी गरेकी छन् । केहि दिन अगाडी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर बालबालिकाको अवस्थाबारे ध्यानआर्कष्ण गराएकी उनले बुधबार बीबीसी सँग कुराकानी गरेकी हुन् । विपनाले भनिन् “म रबिन्द्र मिश्र सँग भेट्न भनेर गएकी थिए, उहाँले बालबालिकाको क्षेत्रमा गरेको कार्यको प्रसंसा गर्दै अन्तरर्वाता लिनुभयो ।” 
 
बीबीसीले समेत बालबालिकाका मुद्धालाई देश व्यापी बनाउन सहयोग गरेकोमा निकै खुसी लाग्यो उनले देवचुली न्यूजलाई बताईन् । उनले बीबीसी सँग कुराकानी गरेको पहिलो पटक हो । एसियन गर्लस् ह्युमनराइट्स अवार्ड’ र अन्य कयौं पुरस्कारकी विजेता नवलपरासीकी १७ वर्षीया किशोरी शर्माको नेपालको पहिलो बालमैत्री नगरपालिका  सिर्जना र घोषणामा महत्वपूर्ण योगदान रहेको थियो । 
 बीबीसीले आफ्नो फेसबुक पेजमा लेखेको छ “उनी सक्षम नेताले जस्तो परिष्कृत भाषामा आत्मविश्वासका साथ आफ्नो विश्लेषण प्रस्तुत गर्छिन्। उनको लक्ष्य नेपालको प्रधानमन्त्री बन्ने छ ।” उनले बालबालिकामा क्षेत्रमा लाग्दाको आफ्नो अनुभव र बालबालिकाको अहिलेको समस्याबारे आफ्न्नो बिचार रहेको बताईन् ।आज बीबीसीको साप्ताहिक ‘नेपाल सन्दर्भ’मा पौने नौ बजे विपना शर्मासँगको कुराकानी प्रस्तुत हुनेछ । आजै उनी सँगको कुराकानी रेडियो नेपालको साझ ५ बजेपछिको बाल बाटिका कार्यक्रममा समेत प्रशारण हुनेछ । 

SHARE

COMMENTS

यसमा तपाइको मत