शशांकको स्वास्थ्य अवस्था क्रिटिकल छ : चिकित्सक

374
शशांकको स्वास्थ्य अवस्था क्रिटिकल  छ : चिकित्सक

काठमाण्डौ, असार २२ 
कांग्रेस महामन्त्री शशांक कोइरालाको पछिल्लो अवस्थाबारे डाक्टरहरुले अवस्था क्रिटिकल रहेको बताएका छन् । बुधबार अपरान्ह ओम अस्पतालमा उपचाररत कोइरालाको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा डा. लव नरसिंह जोशीले कोइरालाको स्वास्थ्य स्थिति जटिल र क्रिटिकल रहेको र  चिकित्सकले गर्नुपर्ने सबै काम गरिरहेको बताए ।
 
 उपचारका क्रममै नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाको मुटु केही क्षण बन्द हुन पुगेको ओम अस्पतालमा उनको उपचारमा संग्लग्न डाक्टरहरुले बताएका छन्। कोइरालालाई राति अस्पतालमै रहेको बेला बान्ता हुँदा सो बान्ताको केही भाग फोक्सोमा छिरेको थियो । बिहान एक सय पर्सेन्ट अक्सिजन दिइरहेकोमा अहिले ८० पर्सेन्टमा झारिएको र अहिले अवस्था जटिल र यथास्थितिमा रहेको जोशीले जानकारी दिए ।
 
शशांक कोईरालालाई मेकानिकल भेन्टिलेटरमा राखिएको छ र हाई डोजमा चार प्रकारका औषधि दिइएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । उपचारमा डाक्टर भगवान कोइराला, डा. अर्जुन कार्की, शशांक पत्नी सुपात्रा लगायतको टोली खटिएको छ ।

SHARE

COMMENTS

यसमा तपाइको मत