भारतीय सिमाका स्थानीय एसएसबीले दिएको पीडा लुकार बाचेका छन् : कलवार

बालिका हत्याराको पक्राउ गरि कारवाही गर्न माग

332
भारतीय सिमाका स्थानीय एसएसबीले दिएको पीडा लुकार बाचेका छन्  : कलवार

अर्जुन सापकोटा, असार २९
नवलपरासी क्षेत्र नम्बर ६ का सांसद देवकरण कलवार (सन्तु) ले सिमा क्षेत्रका स्थानीय भारतीय एसएसबीले दिएको पीडा सहेर बाच्नु परेको बताएका छन् । खूल्ला सिमाना छ, यहा“ भएका घटना बाहिर ल्यायो भने फेरि नाकामा कडा गरि दिने त्रासले स्थानीय बिरोध गर्न सक्दैनन् बिरोध गरे एसएसबीको ज्याददी अझै बढेर जाने हुदा मुखदर्शक बन्नु परेको दुखेसो गरे । 
 
पक्लिहवा गाविसकी १४ वर्षीय मञ्जीता कुर्मीको हत्याको घटनाको बिषयमा स्थानीयले  नेपाली र भारतीय  पत्रकारहरुको बीचमा आयोजना गरेको पत्रकार सम्मेलनमा कलवारले यस्तो बताएका हुन । उनले भने “सामान्य किनमेलको लागि भारत नै जानुपर्ने बाध्यता छ, केहि बोल्न सक्ने अवस्था पनी रहदैन् यसरी नै यहाँका स्थानीयको बर्षै बितेको छ ।”
 
 हत्यारा पक्राउ गरि कारवाही गर्न माग 
 
बलात्कार पछि हत्या भएको भन्दै मञ्जीताका आफ्न्त र स्थानीयले हत्यामा संलग्नलाई पक्राउ गरी कारवाही गर्न माग गरेका छन् । घटना घटेको १३ दिन हुदा अहिले सम्म हत्याको बिषयमा प्रहरीले चासो नदिएको भन्दै आफ्न्तले पत्रकार सम्मेलनको आयोजना गरि घटनाको दोषीलाई पक्राउ गर्न माग गरेका हुन । मञ्जिताको शब भारतीय प्रहरीले लगेर पोस्टमार्टम गरि शब परिवारलाई बुझाएको थियो । 
 
असार १६ गते बाख्रा चराउन भारतीय सिमा नाका पारी गएकी मञ्जीताको उखू बारीमा शब फेला परेको थियो । बाख्रा चराउन गएकी छोरी राती सम्म नआएपछि खोज्दै जादा बारीमा मृत  भेटिएको पारिवारीक श्रोतले जनाएका छन् ।
 
बलात्कार पछि हत्या  गरेको आशंकामा २ जना युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिए पनि छोडिसकेको स्थानीयले बताएका छन् । वीपी माविमा कक्षा ७ अध्ययन गर्ने बालिका १० कजा क्षेत्रमा बाख्रा चराउन गरेको समयमा हत्या भएको थियो । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत