आज साउन १५ खिर खानु भो ?

593
आज साउन १५ खिर खानु भो ?

नवलपरासी साउन १५ 
आज साउन पन्ध्र अर्थात खिर खाने पर्व, घरघरमा खिर खाएर यो पर्व मनादैछ । दूधभात अर्थात मिठो र पोषिलो खानेकुरा अनि हाम्रो सर्वप्रिय दूधभात र सख्खरसंग संयूक्त पाकपछि तयार हुने परिकारलाई खिर भनिन्छ ।
 
सकेसम्म बास्मति, टाइचून अथवा अन्य मसिनो वास्नादार चामल र नभए आफूसंग भएको चामललाई नै दूधमा पकाएर विभिन्न मरमसला आदि हालेर खिर बनाइन्छ । हाम्रो समाज र संस्कृतीमा खिरको ठूलो महत्व रहेको छ ।
 
पूजाआजा, अर्चना, श्राद्ध, विहे, वर्तबन्ध अनि कुनैपनि हिन्दू रीतितिथी मिल्दो संस्कार सम्पन्न गर्दा खिर एउटा अपरिहार्य परिकारको रूपमा नेपालीहरूबिच लोकप्रिय पकवान हो । असारको व्यवस्तताबाट केही राहत मिलेपछि साउन १५ मा खीर खाने चलन रहेको छ ।
 
वर्षाको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने गरिएको हो । साथै श्रावण महिनामा पानी पर्ने भएकाले जताततै हरिया घाँसहरु हुने भएकाले लैनो गाई र भैंसीहरुले प्रशस्त दूध दिने हुँदा दूधको कमी नहुने यो प्राकृतिक महिनामा खिर खाएर गती परिन्छ भन्ने धारणा रहेको छ ।

SHARE

COMMENTS

यसमा तपाइको मत