स्थानीय निकार्यको निर्वाचनको लागि रजहर कांगे्रसले समितिहरु गठन गर्यो

305
स्थानीय निकार्यको निर्वाचनको लागि रजहर कांगे्रसले समितिहरु गठन गर्यो

नवलपरासी, साउन १५ 
नेपाली कांग्रेस रजहर गाउँ कमिटीले कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न गरेको छ । पछिल्लो समय पर्टी भित्र एकरुपता कमी हँुदै गएकाले पार्टी शुढृणीकरणको र विस्तारका लागि कार्यक्रमको आयोजना गरिएको हो । 
 
नेपाली कांग्रेस क्षेत्र नम्बर २ का पूर्व सासंद महेन्द्रध्वज जिसीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा हेमराज कोईराला, झपेन्द्र भण्डारी, टेक नाथ पौडेल, पविन्द्र जिसी लगाएत कागे्रस नेता कार्यकर्ता सहभागीता रहेको थियो । 
 
कार्यक्रमलाई संबोदन गदै जिसीले गाविस भित्रका कार्यकता एक जुटहुनुपर्ने र कार्यकतामा अनुशासनको आवश्यकता रहेको बताए । भेलाले अब हुने स्थानीय निकायको  निवार्चनका लागी योजना तर्जुमा तथा विभिन्न समिति गठन गरेको हो । शिक्षा समिती, वन व्यवस्थापन समिती, तट्वन्धन समिती, विकास समिती गठन गरिएको  उदयराज अधिकारीले जानकारी दिए । 
 
रजहर गाविस लाई शिशवार नगरपालिका बनाउनका लागी पार्टीले खेल्न सक्ने भूमिकाबारे छलफल समेत  गरेको थियो ।  रजहर गाविसका पार्टी  सभापती रविलाल सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । 
 

 

SHARE

COMMENTS

यसमा तपाइको मत