तरुण दल नवलपरासीको जिल्ला अधिवेशन भदौं ४ गते

652
तरुण दल नवलपरासीको जिल्ला अधिवेशन भदौं ४ गते

नवलपरासी साउन १७ गते ।
 
नेपाल तरुण दल नवलपरासीको जिल्ला अधिबेशन आगामी भदौ ४ गते हुने भएको छ । तरुण दलका जिल्ला अध्यक्ष अमृत भटट्चन द्धारा आज जारी बिज्ञप्तीमा आसन्न जिल्ला अधिवेशनको तयारी अझै पुरा हुन एक हप्ता बढि समय लाग्ने, पहाडी गाविसबाट प्रतिनिधि आउन समेत समस्या रहेको र बिभिन्न तयारी समेत नपुगेको र नेपाल बिद्यार्थी संघको महाधिबशन समेत भएकाले साउन २१ गते गर्ने भनिएको जिल्ला अधिबेशन बिशेष कारणबस भदौ ४ गते गैंडाकोटमा सम्पन्न गर्ने गरि स्थगित गरिएको जनाईएको छ ।
 
अध्यक्ष भटट्चनद्धारा जारी बिज्ञप्तीमा तरुण दलको सबै क्षेत्रीय अधिबेशन सम्पन्न भैसकेको र जिल्ला अधिबेशन मात्र सम्पन्न गर्न बाँकी रहेको सन्दर्भमा दलको अधिबेशनमा धेरै तयारी गर्नु पर्ने भएकाले आगामी भदौ ४ गते गंैडाकोटमा अधिबेशन आहवान गर्ने निर्णय लिईएको जनाईएको छ ।
 
जारी बिज्ञप्तीमा पटक पटक अधिबेशन सार्दा पर्न गएको असुबिधा प्रति नेपाल तरुण दल सबैमा क्षमायाचना गर्दै आगामी भदौ ४ गते जिल्ला अधिबेशन सम्पन्न गर्न प्रतिबद्ध रहेको र सो दिन जिल्ला भरिका सबै प्रतिनिधिहरुलाई सहभागीताका लागि अनुरोध गर्दछौं भनिएको छ ।

SHARE

COMMENTS

यसमा तपाइको मत