बज्र दल गण त्रिबेणीमा सर्पले टेक्यो भन्दै उपचार गर्न ७ सय ९५ पुगे

211
बज्र दल गण त्रिबेणीमा सर्पले टेक्यो भन्दै उपचार गर्न  ७  सय ९५ पुगे

रबिन्द्र यादव, नवलपरासी, साउन १९

नवलपरासीको बज्रदल गण त्रिबेणीमा सर्पदंशको उपचार लिन आउनेको संख्या ७९५ रहेको छ । २०७२ अषाढ देखि २०७३ अषाढ सम्म ४४२ जना महिला र ३५३ जना रुष लाई सर्पदंशको उपचार भएको गणले जनाएको छ । गर्मी र बर्षात मौसममा सर्पहरुको बिगविगी बढिरु हुन गरेको छ । सो गणमा नवलपरासी,रुपन्देही र भारतका सर्पदंशका बिरामी बढि आउने आउने गरेका छन । दिनहु दुई देखि सात जनाको संख्यामा नेपाल भारतका उपचार गराउन आउने गरेका गणले बताएको छ ।

नवलपरासीको कालीगण्डकी सामुदायिक अस्पताल कावासोती, पृथ्वी चन्द अस्पताल परासी र बज्र दल गण त्रिबेणीमा सर्पको टोकाइमा उपचार हुने व्यवस्था छ । गणले आफ्नो उपचारका लागि व्यवस्था मिलाए पनि सर्वसाधारण लागि सेवा प्रदान गर्दै आएको छ । नवलपरासीको यी तीन ठाउँमा मात्र सर्पदंशको उपचार केन्द्र रहेको मा जिल्लाको पहाडी गाउँ विकास समितिहरुका बिरामीहरुको कावासोती सम्म ल्याउदा ल्याउदै बाटो मै मृत्यु हुने गरेको बताइएको छ ।
त्यसकारण जिल्लाको केही ठाउहरुमा सर्पदंश उपचार केन्द्र थप्नु पर्नेमा सेवाग्राहीले बताएका छन ।
 
बज्रदल गण सर्पदंश उपचार केन्द्रलाई इन्द्रेणी समाजिक विकास मंचले सोलार उपलब्ध गराएको सो संस्थाका कार्यकारिणी निर्देशक बद्री प्रसाद सुवेदीले बताउनु भएको छ । यसै गरि त्रिबेणी सुस्ता गाउँ विकास समितिले पनि सहयोग गर्दै आएको गणले बताएको छ । नवलपरासी जिल्ला तीन तल्ले भएकोले दुर्गगम ठाउँहरुमा सर्पदंशका बिरामीहरुको समयमा उपचार नपाउदा अकाल मै ज्यान जानेको गरेको बुझिएको छ ।
 
नवलपरासीको सुस्तामा नारायणी नदिमा आएको बाढीले गाउमा सर्पहरु प्रबेश गरि रहेको सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङले बताउनु भएको छ, यसै गरि परासीमा आएको बाढीले परासी क्षेत्रमा पनि सर्पको  बिगबिगी बढेको छ ।

SHARE

COMMENTS

यसमा तपाइको मत