कावासोती प्रहरीले गर्यो १ सय १५ लिटर मदिरा नष्ट

300
कावासोती प्रहरीले गर्यो १ सय १५ लिटर मदिरा नष्ट

सरस्वती सुवेदी, कावासोती, साउन २४ । 
ईलाका प्रहरी कार्यालय कावासोतीले पक्राउ गरेको मदिरा नष्ट गरेको छ । मदिरा नियन्त्रण अभियान अन्तरगत पक्राउ गरेको १ सय ५५ लिटर मदिरा नष्ट गरेको हो । अस्थायी प्रहरी पोष्ट डण्डाबाट खटिएको प्रहरी टोलिले पिप्रेनी जंगलबाट मदिरा नियन्त्रणमा लिएको थियो । सोमबार विहान डण्डा र झ्यालबासबीच जंगलबाट ल्याउदै गरेको मदिरा डण्डाका प्रमुख प्रहरी सहायक निरीक्षक चतुरधन पासीको नेतृत्वमा खटीएको ४ जनाको  टोलीले बरामत गरेको हो ।
 
प्रहरीलाई देखेपनि मदिरा ल्याउँदै गरेको व्याक्तिहरु मदिरा छोडेर भागेको थिए । पछिल्लो समय जिल्लाका पहाडी गाविसमा  घरेलु मदिरा उत्पादन हुने गरेको छ । घरेलु मदिराको कारण समाजमा विभिन्न बिकृतिका घटनाहरु बढेको भन्दै नियन्त्रण अभियान संचालन गरिएको प्रहरीले जनाएको छ । 

SHARE

COMMENTS

यसमा तपाइको मत