नेविसंघको अध्यक्षमा नैनसिंह महर विजयी, महामन्त्रीमा काफ्ले र थापा

272
नेविसंघको अध्यक्षमा नैनसिंह महर विजयी, महामन्त्रीमा काफ्ले र थापा

काठमाडौं, भदौ २–
नेविसंघको अध्यक्षमा नैनसिंह महर जिवयी भएका छन् । यस्तै महामन्त्रीमा कुन्दनराज काफ्ले र सरोज थापा निर्वाचित भएका छन् । निर्वाचन समितिले मतपरिणामको औपचारिक घोषणा गर्न बाँकी रहेको छ । 
 
बुधबार मध्यान्ह १२ बजेदेखि सुरु भएको निर्वाचन कार्यक्रम बिहिबार बिहानसम्म चलेको थियो भने निर्वाचनमा जम्मा ३३ सय ७ मत खसेको थियो ।  नेविसंघको ११ औं महाधिवेशनमा नेतृत्वका लागि ६ सय ८५ जनाको उम्मेद्वारी परेको थियो । उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र सदस्यको १ सय २९ पद्का लागि ६ सय ८५ जनाको उम्मेद्वारी परेको हो ।
 
मतदानबाट एक सभापति, ११ उपसभापति, २ महामन्त्री, १३ सहमहामन्त्री, एक कोषाध्यक्ष र १ सय १ जना केन्द्रीय सदस्य चयन हुने छन् । अन्य  पदहरुको मतपरिणाम आउने क्रममा रहेको छ ।

SHARE

COMMENTS

यसमा तपाइको मत