नेविसंघको केन्द्रीय सदस्यमा नवलपरासीबाट आरसी र अप्सरा

2252
नेविसंघको केन्द्रीय सदस्यमा नवलपरासीबाट आरसी र अप्सरा

कावासोती, भदौं २ 
नेपाली विद्यार्थी संघको १३ औँ महाधिवेशनको अधिवेशन मार्फत नवलपरासी जिल्लाबाट २ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । 
 
बुधबार भएको मतदान र विहिबार दिउसो सकिएको मतगणना अनुसार प्रदेश नम्बर ४ बाट रामचन्द्र भट्राई( आरसी ) र प्रदेश नम्बर ५ बाट अप्सरा अधिकारी विजयी भएका हुन् । भट्राईले ९४ मत प्राप्त गरेका थिए।
 
नेविसंघ नवलपरासीको इतिहासमा जिल्ला वाट प्रत्यक्ष निर्वाचित केन्द्रीय सदस्य २ जना चुनिएको यो पहिलो पटक भएको जिल्ला अध्यक्ष राजेश पौडेलले बताए । 

SHARE

COMMENTS

यसमा तपाइको मत