ओली सकार ढल्यो युवाहरुको संम्बृद्धिको सपना भत्कियो : पूर्व अर्थमन्त्री पाण्डे

293
ओली सकार ढल्यो युवाहरुको संम्बृद्धिको सपना भत्कियो : पूर्व अर्थमन्त्री पाण्डे

 अर्जुन सापकोटा, कावासोती, भदौं ५ 

नेकपा एमालेका नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले ओलि सरकार ढल्नु नै युवाहरुको लागि दूरभाग्य रहेको बताएका छन् । उनले युवाहरुको पक्षमा केहि हुने संकेत ओली सकारले देखाएको र त्यो पूरा नहुदैं सरकार ढलेकाले युवाहरुको सपनापनि ढलेको बताएका हुन् ।
 
नवलपरासीको गैंडाकोटमा रहेको विकू बचत तथा ऋण सहकारी संस्थाको २६ औँ बार्षीक उत्सव तथा युवा सम्मेलनलाई संबोदन गर्दै ओली सरकारले ल्याएको बजेट कार्यान्वयनको चरण लैजान सके देशभित्रै रोजगारीको प्रस्तत अवसर आउने पाण्डेको भनाई छ । उनले सटिपिकेट राखेर ऋण प्राप्त गर्न सकिने व्यवस्थालाई कार्यान्वयन गर्न आग्रह गरे ।  
 
पाण्डेले युवाहरुलाई सधै पनि राजनीति पार्टीको प्रयोगकर्ता नबन सुझाव दिर्दै संविधान निर्माण भएकाले अब आर्थिक सम्बृद्धिको बाटोमा अगाडी बढ्न आग्रह गरे । उनले भने, देशको परिर्वतनमा युवाहरुको त्याग बलिदान ठूलो छ, तर युवाहरुले पाउने अवसर भने निकै साँधुरो छ, जस्ले गर्दा  युवा पलायन बढ्दो छ । 
पटक पटकको सरकार परिर्वतनै नेपालीहरुको आर्थिक सम्बृद्धि बाधक रहेको दाबी गर्दै पाण्डेले परिर्वतन सस्थागतको सवालमा सधै नेपाली राजनीतिक दलहरु विभाजित भएको उल्लेख गरे । 

SHARE

COMMENTS

यसमा तपाइको मत