तरुण दल नवलपरासीको अधिवेशनको लागि नयाँ मिति घोषणा

313
तरुण दल नवलपरासीको अधिवेशनको लागि नयाँ मिति घोषणा

कावासोती, भदौं ६ 
नेपाली काग्रेसको भातृ संगठन नेपाल तरुण दल नवलपरासीको अधिवेशन यही भदौ १५ गते हुने भएको छ । अधिवेशनको स्थान गैडाकोट तोकीएको छ । तरुणदल नवलपरासीका अध्यक्ष अमृत भट्टचनद्धारा जारी गरीएको  विज्ञप्तिमा प्राकृतिक विपत्तीको कारण रोकीएको अधिवेशन १५ गते तय भएको जनाईएको छ ।
 
अधिवेशनको मिती तोकेर पनी २ पटक सम्म मिती सारीएपछी तरुण कार्यकर्तामा कौलुहल्ता संगै अधिवेशन हुने हो या नहुने भन्नेमा समेत शंका उत्पन्न भएको थियो । यस अगाडी भदौं ४ गते अधिवेशन गर्ने गरी बिज्ञप्ति सार्वजनिक भएको थियो । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत