विश्वको दुर्लभ चरा गरुड करेन्ट लागेर मर्यो

462
विश्वको दुर्लभ चरा गरुड करेन्ट लागेर मर्यो

 अर्जुन सापकोटा,  कावासोती भदौं १८ 

विश्वकै निकै दुर्लभ चरा गरुड करेन्ट लागेर मरेको छ । नवलपरासीको कावासोती वडा नम्बर ७ मा बिजुलीको तारमा करेन्ट लागेर मरको ईलाका प्रहरी कार्यालय कावासोतीले जानकारी दिएको छ । 

 
गरुड नेपालमा समेत निकै थोरै संख्यामा पाईने चरा हो । यस्को तैल ६ केजी सम्म हुने गर्दछ । ईलाका वन कार्यालय कावासोतीका अनुसार करेन्ट लागेर चरा खसेपछि स्थानीयले उक्त गरुडलाई आक्रमण गरेका थिए । 
 
केहि व्याक्तिले गरुडलाई काटेर खान लागेको भनेर जानकारी दिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । मरेको गरुडलाई मुचुल्का उठाई गाडिने वन कार्यालयले जनाएको छ । 
 
मरेको चरा समेत स्थानीय काटेर खाने प्रयास गरी रहेको अवस्थामा प्रहरीले गरुडलाई नियन्त्रणमा लिएको थियो । चरा संरक्षणकर्मी डिबि चौधरीका अनुसार यो निकै दुलर्भ चरा हो, भने निश्चित स्थानमा मात्र यो चरा पाईने गरेको छ । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत