संविधानको सर्वस्किार्यको लागि संविधान संसोधन आवश्यक छ : पूर्वमन्त्री यादव

719
संविधानको सर्वस्किार्यको लागि संविधान संसोधन आवश्यक छ : पूर्वमन्त्री यादव

केबी राना, नवलपरासी, २० भाद्र
 
पूर्व शिक्षामन्त्री चित्रलेखा यादवले कार्यकारी निर्णय सहितको अर्थपूर्ण सहभागीताले मात्रै महिलाको समस्या अत्य हुने बताएकी छन् । सामुदायिक रेडियो मध्यविन्दु एफएमले आईतवार कावासोतीमा आयोजना गरिएको तीज विशेष कार्यक्रममा बोल्दै यादवले गुणस्तरिय शिक्षा विकासको मुख्य पूर्वाधार भएको दावी गरिन् ।  
 
यादवले सर्वस्विकार्य संविधानका लागि नयाँ सरकारले प्रतिवद्वता जनाए अनुरुप संशोधन आवश्यक रहेको र संविधानले सवै नेपालीको भावनालाई समेट्नुपर्ने उल्लेख गरिन् ।  महिलाहरुको विषयमा नै मुख्य रुपमा केन्द्रीत रहेर विचार राखेकी यादवले महिलाहरु देशको नेतृत्व तहमा नपुग्दा सम्म अरुले दिएको अधिकारले नपुग्ने उनको भनाई छ ।
 
पछिल्लो सयम महिलाहरु प्रति हुने हिंसाका घटनाहरुको बढेको प्रति चिन्ता व्यक्त गर्दै यादवले सजाय कम हुदा पनि हिंसा बढेको हुँदा यसको रोकथाममा जोड दिईन् । गुणस्तरीय शिक्षाको अपरिहार्यता औल्याउँदै महिलाहरुलाई शिक्षाको पहुँच सम्म पुर्याउन सबै सरोकारवालाहरु लाग्न आग्रह गरिन् । 

SHARE

COMMENTS

यसमा तपाइको मत