ऋषिपञ्चमीसँगै सकियो नारीहरुको पर्व हरितालिका तीज

517
ऋषिपञ्चमीसँगै सकियो नारीहरुको पर्व हरितालिका तीज

नवलपरासी भदौ २१
आज ऋषिपञ्चमी, हिन्दु नारीहरूको महान् पर्व तीजको अन्तिम दिन , आजको दिनमा हिन्दु नारीहरुले नदी, खोला, ताल, पोखरीहरुमा पुगेर दतिवनले दाँत माझ्नुका साथै, गाईको गोबर, तील र माटोले नुहाएर चोखो भएर पूजा गरेर तीज समापन गर्छन्।
 
मंगलबार बिहानैदेखि हिन्दु नारीहरू नुवाईधुवाई गरेर पूजाआजा गर्नमा तल्लीन थिए । हिन्दू नारीले भाद्र शुक्ल पञ्चमीका दिनमा मनाउने ऋषिपञ्चमीमा सप्तर्षिको पूजा गर्न मन्दिरमा श्रद्धालु महिला भक्तजनको भीड लागेको छ ।
 
नारीले आज सबेरै नदी, खोला, ताल, तलैया र पोखरीमा स्नान गरी पवित्र भई दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने परम्परा छ । यसो गर्दा नारीले रजस्वलाका समयमा जानी नजानी छुवाछूत भएको भए तथा त्रुटि भएको भए आजको दिन अरुन्धतीसहित सप्तर्षिको पूजा गरेमा दोष हट्ने र पाप नलाग्ने धार्मिक मान्यता छ ।

SHARE

COMMENTS

यसमा तपाइको मत