राष्ट्रिय स्वाधिनता रक्षाको लागि भन्दै बैद्य माओवादीको विरोध सभा

316
राष्ट्रिय स्वाधिनता रक्षाको लागि भन्दै बैद्य माओवादीको विरोध सभा

पुजा चापागाई, भदौ २४ 
नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी नवलपरासीले राष्ट्रिय स्वधिनताको रक्षाको लागि भन्दै विरोध सभाको आयोजना गर्यो । माथिल्लो कर्णाली उर्जा विकासमा त्यहाका जनताको असन्तुष्टि रहेकाले त्यसबारे जानकारी दिन कावासोतीको फलफूलचोकमा विरोध सभाको आयोजना गरेको हो । 
 
विरोध सभालाई संबोदनगर्दै पार्टीका जिल्ला इन्चार्ज अशोक लम्साल अनुकूलले राष्ट्रवादी भन्नेहरुले नेपाल आफैंले सम्पन्न गर्ने योजना बाहिरी देशलाई दिन लागेकोमा आपप्ती जनाए । उनले भने, यसले मुलुकमा ठूलो दुर्घटना निम्त्याउन सक्छ । 
 
विरोध सभामा अखिल नेपाल किसान संघ क्रान्तिकारीका जिल्ला अध्यक्ष छवि खरेल, आरवाईएलका केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष उत्तम थापा लगाएतको उपस्थिति रहेको थियो । सभा संस्थाका जिल्ला सेक्रेटरी शंकल्पको अध्यक्षतामा भएको थियो ।

SHARE

COMMENTS

यसमा तपाइको मत